खोजि गर्नुहोस..

बढैयातालमा बालविवाह मुक्त वडा घोषणाका लागि तयारी बैठक

बैशाख १९ गते
बर्दियाको बढैयाताल गाँउपालिकाका वडालाई बालबिवाह मुक्त वडा घोषणाको लागि सर्वपक्षिय तयारी बैठक गरिएको छ । बाँके युनेस्को क्लब र बालअधिकार समिति बढैयातालको आयोजनामा मंगलबार तयारी बैठक बसेको हो । बाँके युनेस्को क्लवले बर्दियाको राजापुर नगरपालिका, बाँसगढी नगरपालिका, गेरुवा गाँउपालिका र बढैयाताल गाँउपालिका गरी ४ वटा पालिकामा सन २०२० देखि काम गर्दै आएको छ । बैठकमा बाँके युनेस्को क्लवका कार्यक्रम अधिकृत महेश नेपालीले बिगत ३ बर्षको बालबिवाह र छिटो हुने बिवाहको तुलनात्मक स्थिति बारे जानकारी गराउनु भएको थियो । जसमा बढैयाताल गाँउपालिकामा सन २०२० मा ५१ प्रतिशत, सन २०२१ मा ३९ प्रतिशत र सन २०२२ मा २६ प्रतिशत बालबिवाह भएको तथ्याङकमा उल्लेख गरीएको छ । संस्थाका कार्यक्रम अधिकृत नेपालीले प्रस्तुत गरिएको प्रतिबेदन अनुसार वडागत रुपमा सन २०२२ को तथ्याङक हेर्दा, वडा नं ६ मा सबैभन्दा कम ८ प्रतिशत र सबैभन्दा बढी वडा नं ९ मा ४७ प्रतिशत बालबविवाह भएको छ ।

सर्वपक्षिय तयारी बैठकमा बढैयाताल गाँउपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बालविवाह अन्त्यको लागि पालिकालाई सहयोग गरेकोमा बाँके युनेस्को क्लवलाई धन्यवाद दिदै बढैयाताल गाँउपालिकालाई सन २०२५मा बालबिवाह मुक्त पालिका घोषणा गर्ने समेत बताउनु भयो । त्यसको लागि पालिकाका सबै जनप्रतिनिधि, कर्मचारी, बिभिन्न संघसंस्था तथा समुहहरु, राजनितिक दल, गाँउका अगुवा बरघर र धर्मगुरु सबैलाई आआफ्नो ठाँउबाट पहल गर्न अनुरोध समेत गर्नु भयो ।

सर्वपक्षिय तयारी बैठकबाट ३ वटा निर्णयहरु पारित गरीएको छ । वडा नं ४, ५ र ७ वडालाई बालबिवाह मुक्त वडा घोषणा गर्नको लागि प्रक्रियगत रुपमा सबै तयारी गर्ने, गाँउपालिकालाई बालबिवाह मुक्त पालिका बनाउन बालविवाह मुक्त अभियान संञ्चालन कार्यबिधि तयार गरी लागु गर्ने, वडा नं ४, ५ र ७ वडाले बालबिवाह मुक्त वडा घोषणाका लागि वडा स्तरीय सर्वपक्षिय बैठक गर्ने र कार्ययोजना निर्माण लगायत बालविवाह मुक्त वडाको लागि निर्णय गरिएको छ । बालअधिकार समिति बढैयातालका संयोजक तथा पालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा बसेको सर्वपक्षिय तयारी बैठकमा वडा अध्यक्षहरु, बिषयगत शाखाका प्रमुखहरू, बालअधिकार समितिका सदस्य, बरघर, धर्म गुरु, नागरिक समाजका अगुवा, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *