खोजि गर्नुहोस..

चौथो पालिका स्तरीय अध्यक्ष कप फुटबल बिजेता बढैयाताल र उपबिजेता मधुवन

अनोज थारु ।
चौथो बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको प्रथम उपाधि आयोजक बढैयातालले लिएको छ । प्रतियोगिताको फाईनल खेलमा मधुवन नगरपालिकालाई १ का विरुद्ध २ गोलले हराउदै आयोजक बढैयाताल गाँउपालिका बिजेता बनेको हो । बिजेता बनेको बढैयातालले नगद १ लाख ५ हजार ५५ रुपैया सहित प्रथम कप उचाल्न सफल भएको छ । आयोजक बढैयाताल गाँउपालिका सँग पराजित हुदै मधुवन नगरपालिका प्रतियोगिताको उपविजेता बनेको छ । उपविजेता मधुवनले ५१ हजार १ सय ११ नगद सहित शिल्ड, कप र प्रमाण पत्र पाएको छ ।

फुटबल प्रतियोगिताम उत्कृष्ट फरवार्ड, डिफेन्डर, गोल किपर, मिड फिल्डर, उदयमान खेलाडीलाई समेत १ सय ५ सय नगद, कप र प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट फरवाड बढैयातालका खेलाडी आसिष सिंह ठकुरी, उत्कृष्ट डिफेन्डर मधुबनका खेलाडी शंकर थारु, उत्कृष्ट गोल किपर बढैयातालका उज्वल घिमिरे, उदयमान खेलाडी बढैयातालका अलोक थारु र उत्कष्ट मिड फिल्डर अरुण चलाउनेलाई पुरुस्कृत गरिएको हो । खेल अवधिभर अनुशासन पुर्वक खेल प्रर्दशन गर्ने बढैयातालका टिम क्याप्टेन कृष्ण रानाभाटलाई सर्वोउत्कृष्ट खेलाडीको रुपमा घोसित गरिएको छ । रानाभाटलाई २ हजार ५ सय नगद सहित प्रमाण पत्र र कप प्रदान गरीएको थियो । प्रतियोगिताको समापन कार्यक्रममा खेल प्रशिक्षक अनिष गुरुङ्ग, शिव प्रसाद अधिकारी, सुदिप घर्ति र कृष्ण गोपाल चौधरीलाई प्रमाण पत्र सहित सम्मान गरीएको थियो ।

प्रतियोगितामा बिजयी खेलाडीहरुलाई लुम्बिनी प्रदेश सभा सदस्य भुवनेश्वर थारु, बढैयाताल गाँउपालिका अध्यक्ष हिमालय त्रिपाठी, उपाध्यक्ष लक्ष्मि अधिकारी र मधुबन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले पुरस्कार प्रदान गर्नु भएको थियो । बढैयाताल ८ नं वडा कार्यालय, कालिका सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कालिका, स्याउली बजार व्यवस्थापन समितिको सहयोग तथा बढैयाताल गाँउपालिका, जिल्ला फुटबल संघ र मयुर युवा क्लवका भुपु खेलाडीको समन्वयमा चैत्र ४ गते देखी १३ गते सम्म प्रतियोगिता सञ्चालन गरिएको थियो । बर्दिया एकेडेमीक पोलिटेक्नीक रिसर्च सेन्टरको मुख्य प्रायोजन र मयुर युवा क्लवका भुपु खेलाडीहरुले प्रायोजकको रुपमा सहयोग गरेको आयोजकले जनाएको छ । प्रतियोगिताको पहिलो र दोस्रो कपको मधुवनले लिएको थियो भने तेस्रो र चौथो फुटबल प्रतियोगिताको कप आयोजक बढैयाताल गाँउपालिकाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *