खोजि गर्नुहोस..

विश्व क्षयरोग दिवसको अवसरमा बर्दियामा पत्रकारहरु सँग अन्तक्र्रिया

अनोज थारु ।
विश्व क्षयरोग दिवस २०२३ को अवसरमा बर्दियामा पत्रकारहरु संग अन्र्तक्रिया गरीएको छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने मूल नाराका साथ मनाईएको विश्व क्षयरोग दिवसको अवसरमा बर्दियाको गुलरियामा शुक्रबार पत्रकारहरु संग अन्र्तक्रिया कार्यक्रम गरीएको हो । नेपालमा २०५० सम्ममा क्षयरोग निमुल पार्ने लक्ष्य राखिएको छ । नेपालमा वर्षेनी नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन् । बिशेष गरी तराईका जिल्लामा क्षयरोगका विरामी बढि देखिन्छन ।

हरेक वर्ष क्षयरोगका कारण देशभरीमा १७ हजार व्यक्तिको निधन हुने गरेको स्वास्थ्य कार्यालय बर्दियाका फोकल प्रसन डा. जिवन रजौरेले बताउनु भयो । नियमित औषधि खाए यो रोग निको हुने उहाले भनाई छ । गत आर्थिक बर्ष २०७८ मा बर्दियामा मात्रै ७ सय ९२ जनामा संक्रमण देखिएको र २३ जनाको मृत्यु भएको फोकल प्रसन डा. रजौरेले जानकारी दिनु भयो । उहाँका अनुसार चालु आर्थिक आर्थिक बर्षको ६ महिनामा ३ सय ४ जना क्षयरोगका बिरामी मध्य ५ जनाको मृत्यु भएको छ ।

हाल सम्म स्वास्थ्य कार्यालय बर्दियाबाट ३ सय ९४ जनाको उपचार गरीएको छ । तथ्यांक अनुसार क्षयरोग बिशेष गरी जातियताका हिसावले सबैभन्दा बढी जनजातिमा देखिएको छ । जनजातिमा ६१ प्रतिशत, ब्राह्मणमा २२ प्रतिशत, मुस्लिममा ३ प्रतिशत, मधेसीमा १३ प्रतिशत, दलितमा १६ प्रतिशत र अन्यमा ३ प्रतिशत देखिएको स्वास्थ्य कार्यालय बर्दियाका फोकल प्रसन रजौरेले पत्रकारहरुलाई जानकारी दिनुभयो ।

रजौरेका अनुसार क्षयरोगका लक्ष्यण भनेको २ हप्ता वा सो भन्दा बढी समय लगातार खोकी लाग्नु, खकारमा रगत देखिनु, साँझपख हल्का ज्वरो आउनु वा पसिना आउनु, र खाना खान मन नलाग्नु र तौल घट्दै जानु हो । क्षयरोग स्वास प्रश्वासको माध्यमबाट सर्ने भएकोले यसलाई सरुवा रोग पनि भन्निछ । यो रोग धेरै जसो बच्चा र बृद्धहरुलाई लाग्ने गरेको र यस बाट बच्नको लागि शरीरमा रोग बिरुद्ध लड्ने क्षमता बढाउने पोषणयुक्त खाना खाने, क्षयरोग लागेमा नियमित रुपमा औषधी सेवन गर्ने र क्षयरोगका बारे सबैमा सचेतना फैलाउनु पर्ने स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *