खोजि गर्नुहोस..

बर्दियामा एसईई परिक्षाको तयारी पुरा, ७ हजार ६ सय बढी विद्यार्थी सहभागि हुदै

हुम कुमार चौधरी ।

बर्दियामा शुक्रबार देखी सञ्चालन हुने माध्यामिक शिक्षा परिक्षा(एसईई) को तयारी पुरा भएको छ । बर्दिया सँगै देशभरी एकै साथ चैत्र १७ गते शुक्रबार देखी चैत्र २९ गते सम्म हुने एसईईको परिक्षाको सबै तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय ईकाइ बर्दियाले जनाएको छ । यो बर्ष एसईई परिक्षामा बर्दियाबाट ७ हजार ६ सय २८ जना विद्यार्थी सहभागि हुने भएका छन ।

समन्वय इकाईका प्राविधिक सहायक कल्पना शाहीका अनुसार परिक्षामा सहभागि विद्यार्थी मध्य ३ हजार ५ सय ३८ जना छात्र र ४ हजार १ सय ४४ जना छात्रा एसईई परिक्षामा सहभागि हुने छ । बर्दिया जिल्लामा रहेका ८७ सामुदायिक र ३० संस्थागत गरी १ सय १७ विद्यालयका विद्यार्थी परिक्षामा सहभागि हुदै छन् ।

चैत्र १७ गते शुक्रबार देखी सञ्चालन हुने एसईई परिक्षाका लागि बर्दियामा ३४ वटा परिक्षा केन्द तोकिएको छ । बर्दियामा परिक्षामा सहभागि विद्यार्थी मध्य नियमित तर्फ ७ हजार १ सय ५५, प्राविधिक तर्फ १ सय ६८ जना र एक्जाम्टेड तर्फ ३ सय ९९ र अपांगता रहेका ३ जना विद्यार्थी रहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *