खोजि गर्नुहोस..

बाँसगढी उद्योग वाणिज्य संघको निर्वाचित समितिलाई पद हस्तान्तरण सँगै सपथ ग्रहण

विन्दु चौधरी ।
बाँसगढी उद्योग बाणिज्य संघको नव निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा सपथ ग्रहण गरिएको छ । संघको तेस्रो अधिवेशनबाट निर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई बर्दिया जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष एवं निर्वाचन अधिकृत कमल प्रसाद पाण्डेले शुक्रबार एक कार्यक्रमका बीच सपथ ग्रहण गराउनुभएको हो । सोही अवसरमा नव निर्वाचित अध्यक्ष बद्रिनाथ बराललाई निवर्तमान अध्यक्ष रामसिंह थारुले पद हस्तान्तरण समेत गर्नुभएको थियो ।

पदस्थापना कार्यक्रममा शुभकामना दिने वक्ताहरूले संघको आगामी कार्यकाल व्यवसायी मुखी र विकास मुखी बन्न सकोस् भनेर शुभकामना दिएका थिए । नव निर्वाचित कार्यसमितिलाई शुभकामना दिंदै उद्योग बाणिज्य महाँसंघ नेपालका केन्द्रिय सदस्य चक्रबहादुर अधिकारीले व्यवसायीक प्रवर्द्धनमा उद्योग वाणिज्य संघले महत्वपुर्ण भुमिका खेल्न आग्रह गर्नुभयो । नवनिर्वाचित अध्यक्ष बरालले आफू र आफ्नो कार्यसमिति ब्यवसायीको हकहित संरक्षणमा कटिबद्ध रहने बताउनुभयो । उहाँले निर्वाचन सम्पन्न गर्न सहयोग पु¥याउने सबैप्रति हार्दिक कृतज्ञता ज्ञापन पनि गर्नुभएको थियो ।

कार्यक्रममा कार्यसमितिलाई कोहलपुर उद्योग बाणिज्य संघका महासचिव मात्रिका सापकोटा, बस्तुगत समितीका संयोजक विपिन पौडेल, निवर्तमान अध्यक्ष रामसिंह थारु, वाड नं ५ का वडाअध्यक्ष, वाड नं ८ का वडाअध्यक्ष तथा सामाजिक विकास समितीका संयोजक तुलप्रसाद गौतम लगायतले सफल कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रममा संघका आजिवन सदस्य र नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष शिव देवकोटाले स्वागत गर्नुभएको थियो, भने संचालन महासचिव विकास गौतमले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *