खोजि गर्नुहोस..

बाँसगढी क्षेत्रमा सवारी दुर्घटना बढे सँगै सुरक्षित यात्रा अभियान

हुम कुमार चौधरी ।
बर्दियाको बाँसगढीमा सुरक्षित यात्रा अभियान अन्तर्गत ट्राफिक सचेतना कार्यक्रम सँगै सवारी चेक जाँचमा कडाई गरिएको छ । बाँसगढी क्षेत्रमा पछिल्लो समयमा सवारी दुर्घटना बढ्दै गईरहेकाले सडक दुर्घटना न्युनिकरणका लागि सुरक्षित यात्रा अभियान थालिएको हो । अभियान अन्तर्गत बिहिवार अस्थाई ट्राफिक पोष्ट बाँसगढीले बाँसगढीको मुख्य चोकमा अटो चालक, साईकल यात्रु र पैदल यात्रुहरुलाई सडक दुर्घटना न्युनिकरणका बारेमा प्रशिक्षण दिएको छ ।

अस्थाई टाफिक प्रहरी पोष्ट बाँसगढीका प्रहरी सहायक निरिक्षक मोहन बहादुर चन्दले प्रशिक्षण दिनुभएको होे । चन्दले अटो चालकलाई अटोमा क्षमता भन्दा धेरै यात्रु नबोक्न, लाईसेन्स र ब्लु बुक राख्न र ओभर स्पिड अटो नचलाउन आग्रह गर्नुभयो । ट्राफिक नियम पालना नगर्दा हुने दुर्घटनाबाट अकालमै ज्यान जानुका साथै ठुलो क्षति व्यहोर्नु पर्ने हुनाले सचेत भएर सवारी चलाउन अनुरोध गरिएको थियो ।

प्रशिक्षणको क्रममा साईकल तथा पैदल यात्रुहरुलाई आफ्नो साईडमा हिड्न र सडक क्रस गर्दा दायाँबायाँ हेरेर बिस्तारै जानु पर्ने लगायत ट्राफिक नियमका बारेमा जानकारी दिईएको थियो । प्रशिक्षणमा सहभागि बाँसगढी ५ का अटो चालक गोविन्द पुरीले ट्राफिक नियमका बारेमा जानकारी पाए सँग थप सचेत भएको बताउनु भयो । बाँसगढी क्षेत्रमा सडक दुर्घटना बढ्दै गए पछि सवारी दुर्घटना सम्बन्धी सचेतना मुलक कार्यक्रम सँगै सवारी चेकिङ्गमा थप कडाई गरिएको चन्दले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *