खोजि गर्नुहोस..

अन्तराष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवस बाँसगढीमा पनि मनाईयो

रावन विश्वकर्मा ।
५८ औँ अन्तराष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवस बर्दियाको बाँसगढीमा पनि मनाईएको छ । सबैधानिक र कानुनी प्रावधानहरुको कार्यान्वयन गरौँ, जातिय भेदभाव बिरुद्ध प्रतिरोध गरौँ भन्ने नाराका साथ बाँसगढीमा र्याली र अन्तरक्रिर्या कार्यक्रम गरी मनाईएको छ ।

बाँसगढी नगरपालिकाको सहयोगमा दलित सेवा संघ उपशाखा बाँसगढी बर्दिया र परिवर्तन दलित महिला बचत तथा ऋण सहकारी संस्था बाँसगढीको आयोजनामा र्याली तथा अन्तरक्रिया गरी अन्तराष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवस मनाईएको हो । जातिय भेदभाव अन्त्य गरौँ ः समतामुलक समाजको निमार्ण गराँै । जातिय आधारमा गरिने सबै प्रकारका बिभेद सधैका लागी अन्त्य गरौँ । सविधानमा दलितलाई दिएका मौलिक हकहरुको कार्यान्वयन गरौँ । दलित एकता जिन्दावाद । भन्ने नारा र प्ले कार्ड बोकेर पञ्जेबाजा सहित आयोजक संस्थाको कार्यालयबाट सुरु गरिएको र्यालीले बाँसगढी बजार परिक्रमा गर्दै बाँसगढी सामुदायिक पुस्तकालयको भवनमा अन्तक्र्रिया कार्यक्रम गरिएको थियो ।

दलित सेवा संघ उपशाखा बाँसगढीका अध्यक्ष बिनोद कुमार परियारको अध्यक्षतामा भएको अन्तक्र्रिया कार्यक्रममा बाँसगढी नगरपालिकाका उपप्रमुख इन्दिरा चौधरी, सामाजिक विकास समिति संयोजक तथा ८ नं वडा अध्यक्ष तुल प्रसाद गौतम, दलित सेवा संघ केन्द्रिय बरिष्ठ उपाध्यक्ष भुमी विक, मुक्त कमैया भुमि अधिकार तथा श्रमिक संगठन नेपालका केन्द्रिय उपाध्यक्ष भक्त बहादुर विक, दलित सेवा संघ बर्दियाका अध्यक्ष कमलराज विश्वकर्मा लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न राजनितिक दलका प्रतितिनिधी, समाजसेबी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा दलित समुदायहरुको हकअधिकार उत्थानका लागि योगदान पुर्याउने ७ जना व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।


संयुक्त राष्ट्र सङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । नेपालले भने यो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । तर यो दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ । जातिय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि जातीय भेदभाव तथा छुवाछुतका घटना भइरहेका छन् । २०६२।६३ सालको जनआन्दोलन पछि पुनस्थापित संसद्ले २०६३ साल जेष्ठ १६ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *