खोजि गर्नुहोस..

मधुवन नगरपालिकामा बाघको आक्रमणमा परि २ महिलाको ज्यान गयो

बर्दियाको मधुवन नगरपालिकामा पाटे बाघको आक्रमणबाट दुई जना महिलाको ज्यान गएको छ । बर्दिया मधुवन नगरपालिका ५ को चिरौते सामुदायिक वनमा घाँस काट्न गएका बेला पाटे बाघको आक्रमणबाट २ जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

मधुवन नगरपालिका वडा नम्बर ५ की ५० वर्षीया धनसरा गुरुङ र ५५ वर्षीया समुन्द्री बुढाक्षेत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हिक्मत बहादुर बोहोराले जानकारी दिनुभयो ।

नेपाल भारत सीमा नजिक पर्ने खाता जैविक मार्ग आसपासका राष्ट्रिय वन तथा सामुदायिक वन र बर्दिया निकुञ्ज आसपासका मध्यवर्ती सामुदायिक वनमा घाँस, दाउरा लिन र च्याउ टिप्न गएका बेला पाटे बाघको आक्रमणका घटना हुने गरेको प्रहरीले जनाएको छ । 

मृतक दुई जना महिलाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *