खोजि गर्नुहोस..

बाँसगढीका २ वटै क्याम्पसमा अनेरास्ववियको प्यानल बिजय

रावन विश्वकर्मा ।
बर्दियाको बाँसगढीका २ बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजय भएको छ । आईतवार भएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनबाट बर्दिया बहुमुखी क्याम्पस लक्ष्मणा र बाँसगढी बहुमुखी क्याम्पस बाँसगढीमा अनेरास्ववियुको प्यानल नै विजय भएका हुन् । बाँसगढी क्षेत्रमा रहेका २ वटै क्याम्पसमा प्यानलले नै विजय हासिल गर्दै अनेरास्ववियुले आफ्नो बर्चस्व कायम गरेको छ ।

निर्वाचनबाट बर्दिया बहुमुखी क्याम्पस लक्ष्मणामा देवराज अधिकारी र बाँसगढी बहुमुखी क्याम्पसमा हरिकला अधिकारीको प्यानल बिजय भएको छ । दुवै क्याम्पसमा नेवि संघको प्यानलाई हराउदै अनेरास्ववियुको प्यानल विजय भएको हो । लक्ष्मणामा नेवि संघका गणेश राज विकको प्यानलाई हराउदै अधिकारीको प्यानल विजय भएको हो ।

निर्वाचनबाट प्रत्यक्ष तर्फ स्ववियु अध्यक्षमा देवराज अधिकारी, सचिवमा दुर्गा खत्री, कोषाध्यक्षमा अमिशा चौधरी, सदस्यहरुमा लक्ष्मी बुढामगर, सुदिप कुमार चौधरी,प्रसना थारु र नारायण थापा बिजय भएका छन् । त्यस्तै बाँसगढी बहुमुखी क्याम्पस बाँसगढीमा नेवि संघको मायाँ थारुको प्यानललाई हराउदै अनेरास्ववियको हरिकला अधिकारीको प्यानल विजय भएको छ ।

निर्वाचनबाट प्रत्यक्ष तर्फ अध्यक्षमा हरिकला अधिकारी, सचिवमा सुनिल चौधरी, कोषाध्यक्षमा मनिषा यौगी, सदस्यहरुमा रोशनी भण्डारी, कर्ण बहादुर खत्री, प्रिजिमा थारु, जितेन्द्र थारु र ललिता चौधरी निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *