खोजि गर्नुहोस..

बाँसगढी उद्योग वाणिज्य संघको अध्यक्षमा बराल र महासचिवमा गौतम निर्वाचित(हेर्नुहोस मतपरिमाण सहित)

रावन विश्वकर्मा ।
बाँसगढी उद्योग वाणिज्य संघको अध्यक्षमा बद्री नाथ बराल निर्वाचित हुनु भएको छ । शनिवार भएको निर्वाचनमा १ सय ६ मत अन्तरले नर बहादुर वलीलाई पराजित गर्दै बराल बाँसगढी उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित हुनु भएको हो । बद्रीनाथ बरालले ५ सय ६० मत ल्याउदा नर बहादुर वलीले ४ सय ५४ मत ल्याउनु भयो । त्यस्तै बरिष्ठ उपाध्यक्षमा वली प्यानलका शिव देवकोटा निर्वाचित हुनु भएको छ । देवकोटाले ५ सय ७९ मत ल्याउदा प्रतिद्धन्दी मायाँ कुमारी पौडेलले ४ सय ५ मत ल्याउनु भयो । उद्योग उपाध्यक्षमा खेमराज भट्टराईलाई पराजित गर्दै बिष्णु ढकाल बिजय हुनु भएको छ । ढकालले ५ सय २५ मत ल्याउदा भट्टराईले ४ सय ४९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै वाणिज्य उपाध्यक्षमा इन्द्रजित बुढाक्षेत्रीले गोविन्द बहादुर हमाललाई पराजित गर्दै बिजय हासिल गर्नुभएको छ ।

बुढाक्षेत्रीको ५ सय ७३ मत छ भने हमालको ४ सय मत छ । महिला उपाध्यक्ष तर्फ मनु अधिकारी निर्वाचित हुनु भएको छ । अधिकारीले ५ सय मत ल्याउदा बिजया कुमारी शर्माले ४ सय ४७ मत पं्राप्त गर्नुभएको छ । पर्यटन उपाध्यक्षमा भने चेपाङ्गबाट केशव पाण्डे निर्विरोध निर्वाचित भईसक्नु भएको छ । संघको महासचिवमा भोजराज शर्मालाई पराजित गर्दै बिकास गौतम निर्वाचित हुनु भएको छ । गौतमले ५ सय १७ र शर्माले ४ सय ६७ मत ल्याउनु भएको छ । सचिवमा प्रेम नारायण पौडेल बिजय हुनु भएको छ । पौडेलले ५ सय २ मत ल्याउदा प्रतिद्धन्दी यज्ञ बहादुर वलीले ४ सय ५५ मत प्राप्त गर्नुभएको थियो ।

कोषाध्यक्षमा सरोज कुमार थारुलाई पराजित गर्दै शेर बहादुर सुनार निर्वाचित हुनुभएको छ । सुनारको ५ सय ३२ मत छ भने थारुको ४ सय ४७ मत छ । सहकोषाध्यक्षमा सुनिल अधिकारी बिजय हुनु भएको छ । अधिकारीले गायत्री पौडेललाई हराउदै कोषाध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । अधिकारीले ५ सय ६० मत ल्याउदा पौडेलले ४ सय ३ मत ल्याउनु भएको छ । बराल नेतृत्वको प्यानलबाट अध्यक्ष, बाणिज्य उपाध्यक्ष, महिला उपाध्यक्ष, सहकोषाध्यक्ष पदमा निर्वाचित भएका छन भने वली नेतृत्व प्यानलबाट बरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यमा महेश अधिकारी, शान्ता प्रभा अधिकारी, ललिता ढकाल पौडेल, सञ्जु कुमार वली, तिलनाथ शर्मा, बाबुराम थारु, बिनोद अधिकारी, श्याम प्रसाद पाण्डे, शुनिल बराल, सियाराम थारु, राजु चौधरी निर्वाचित हुनु भएको छ । लेखा समिति संयोजकमा किशोर भटटराईलाई हराउदै दिलु पौडेल निर्वाचित हुनु भएको छ । पौडेलले ४ सय २८ मत ल्याउदा भट्टराईले ३ सय ४९ मत पाउनु भएको छ । लेखा समिति सदस्यहरुमा सुरज कुमार थारु र धुव्र काफ्ले निर्वाचित हुनु भएको छ । १ हजार २ सय ८४ मतदाता रहेको संघको निर्वाचनमा १ हजार ३७ मत खसेको थियो । संघको बिभिन्न पदमा निर्वाचित भए पनि आधिकारीक घोषणा हुन भने बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *