खोजि गर्नुहोस..

बर्दिया जिल्ला पालिका स्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु, पहिलो खेलमा मधुवनको जीत

अनोज थारु
बर्दियाको बढैयातालमा चौथो बर्दिया जिल्ला पालिका स्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । बढैयाताल गाँउपालिका ८ नं वडा कार्यालयको आयोजना तथा कालिका सामुदायिक पुस्तकालयको व्यवस्थापनमा शनिबार फुटबल प्रतियोगिता उद्घाटन गरिएको छ । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेस सांसद भुवनेश्वर थारुले गर्नुभयो ।

८ नं वडा अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बढैयाताल गाँउपालिका अध्यक्ष हिमालय त्रिपाठी, उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, अखिल नेपाल फुटबल संघका अध्यक्ष कुमार केसी, जिल्ला फुटबल संघ बर्दियाका अध्यक्ष अजितराज भण्डारी, बर्दिया एकेडेमिक एण्ड पोलिटेक्निक रिसर्च सेन्टर बढैयातालका ८ का प्रधानाध्यापक भोजराज बराल लगायत खेलडी खेलप्रेमीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई पुर्ब वडा अध्यक्ष तथा कालिका सामुदायिक पुस्तकलयका अध्यक्ष सुन्दरमान श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

फुलबल प्रतियोगिताको पहिलो खेलमा मधुवन नगरपालिकाले आफ्नो जीत निकालेको छ । ठाकुरबाबा नगरपालिका र मधुवन विच भएको खेलमा १ का विरुद्ध ३ गोलले ठाकुरबाबालाई हराउदै मधुवनले जीत निकालेको हो । पहिलो खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्दै मधुवन नगरपालिकाका खेलाडी सम्भु थारुलाई म्यान अफ द म्याच घोषित गरिएको छ । प्रतियोगितामा दोस्रो खेल आईतबार ३ बजे देखी बाँसगढी नगरपालिका र गेरुवा गाँउपालिका विच हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *