खोजि गर्नुहोस..

रासायनिक मलको मूल्य वृद्धि गरेको भन्दै बाँसगढीमा पनि बिरोध प्रर्दशन

बिन्दु चौधरी ।
सरकारले रासायनिक मलको मूल्य वृद्धि गरेको भन्दै अखिल नेपाल किसान महाँसंघ बर्दियाले विरोध प्रर्दशन गरेको छ । बुधबार बर्दियाको बाँसगढीमा महाँसंघले सरकारले किसानहरुलाई दिदै आएको अनुदान घटाएको भन्दै प्रदर्शन गरेको हो । सरकारले केही दिनअघि रासायनिक मलको मूल्य वृद्धि गरेको थियो । मलमा सहुलियत दिनुपर्नेमा उल्टै मूल्य बृद्धि गरेकाले विरोधमा उत्रिएको सहभागिहरुको बताएका छन् ।

मूल्यबृद्धिको प्रदर्शनमा अखिल नेपाल किसान महाँसंघका स्थायी कमिटी सदस्य तथा राजापुर नगरपालिकाका पुर्वमेयर शिव प्रसाद थारुले अहिले सरकारले रासायनिक मलमा भारी मूल्यबृद्धि गरेको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिनसमेत सरकारसँग माग गर्नुभयो । उहाँले यूरियामा प्रतिकेजी ११ रुपैया, डिएपीमा प्रतिकेजी ७ रुपैया र पोटासमा प्रतिकेजी ९ रुपैया बढाएको भन्दै किसानहरु मारमा भएको बताउनुभयो ।

कार्यक्रममा अखिल नेपाल किसान महाँसंघ लुम्विनी प्रदेशका अध्यक्ष तथा पुर्व कृषि मन्त्री आरती पौडेलले नेपाली जनताको जीवन यापनको मुख्य आधार कृषि भएको भन्दै रासयनिक मलमा मूल्य बढाएर सरकारकाले किसान मारा काम गरेको आरोप लगाउनुभयो । उहाँले एकातिर समयमा मल नपाउदा किसानको उत्पादत्व घट्दै गएको बताउनुभयो ।

यसैविच अखिल नेपाल किसान महाँसंघ बर्दियाले प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननिय प्रधानमन्त्री समक्ष ध्यानाकर्षण ज्ञापनपत्र पेश गरेको छ । आज बर्दियाको गुलरियामा महाँसंघ बर्दियाका अध्यक्ष रामसोहन थारुले बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल मार्फत प्रधानमन्त्री समक्ष ध्यानाकर्षण ज्ञापनपत्र पेश गरेको अखिल नेपाल किसान महाँसंघका केन्द्रिय सदस्य जीवन कुमार शाहीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *