अनोज थारु
बाँसगढी उद्योग वाणिज्य संघको लेखा संयोजकमा दिलु पौडेल (ज्ञवाली)ले उम्मेदवारी दिनु भएको छ । बद्रीनाथ बराल नेतृत्वको लोकतान्त्रीक समावेशी स्वतन्त्र व्यवसायीक प्यानलबाट लेखा संयोजक पदमा उहाँले आफ्नो उम्मेदवारी दिनु भएको हो । धौलागिरी सप्लार्यस बाँसगढीका सञ्चालक दिलु पौडेल (ज्ञवाली)ले लेखा संयोजक पद आफ्नो बिषयसंग संम्बन्धी रहेकोले पनि आफुले सो पद उम्मेदवारी दिएको बताउनु भयो । 
अनलाईन बाँसगढी सँग कुरा गर्दै उहाँले भन्नु भयो– लेखा संयोजक पद मैले अध्ययन गरेको एम.बि.ए बिषय संग सम्बन्धीत छ । लामो समय देखि ब्यवसायिक रुपमा काम गर्दै आएको कारण, काम र अनुभव दुबै भएको आधारमा मैले बाँसगढी उद्योग वाणिज्य सँघको लेखा संयोजकमा उम्मेद्धारी दिएको हुँ । बाँसगढी बजारको स्थापना कालदेखी नै धौलागिरी सप्लार्यस बाँसगढी सञ्चालमा रहेको छ । पारिवारीक पृष्ठभुमि नै ब्यावसायीक भएको कारण आँफु सानै देखि ब्यापार व्यवसायमा लागेको उहाँको भनाई छ ।
उहाँले अहिले आफ्नै नेतृत्वमा २ बर्ष देखि धौलागिरी सप्लार्यस संन्चालन गर्नु भएको छ । नराम्रो बिरुद्ध खरो उत्रिने स्वभाव भएका पौडेल ज्ञवाली युवाहरुको मनमनमा बस्न सफल व्यवसायी हुन् । बाँसगढीका व्यवसायीहरुको फोहोर ब्यवस्थापन, चोरी डकैती नियन्त्रण, खुल्ला नाका, लगायत बिबिध समस्याहरु रहेकोले पदको लागि मात्र नभई काम गर्नका लागि आफ्नो उम्मेदवारी रहेको उहाँको भनाई छ । दिलु पौडेल (ज्ञवाली) ले बाँसगढी उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा बाँसगढीका सम्पुर्ण व्यवसायीहरुले आफु सँगै लोकतान्त्रीक समावेशी स्वतन्त्र प्यानललाई अत्याधिक मतले बिजय गराउन समेत अपिल गर्नुभएको छ ।