खोजि गर्नुहोस..

निःशुल्क आँखा शिबिरमा ८ सय ८६ जनाको आँखा जाँच

हुम कुमार चौधरी ।
बर्दियाको बाँसगढीमा सञ्चालन भएको निःशुल्क आँखा शिबिरमा ८ सय ८६ जनाको आँखा जाँच गरिएको छ । रोटरी क्लव अफ अष्टे«लिया वर्लड सर्भिस र रोटरी क्लव अफ सेन्टरल बाँकेको संयुक्त आयोजनामा बिहिबार बाँसगढी बहुमुखी क्याम्पसमा सञ्चालन भएको १ दिने आँखा शिविरमा ८ सय ८६ जनाले आँखा जाँच गराएका छन् । निःशुल्क आँखा शिबिरमा ३ सय ४५ जना विद्यार्थी, ३ सय २४ जना महिला र २ सय ७ जना पुरुषले आँखा जाँच गराएका हुन ।

आँखा जाँच गराएका मध्य २ जना मोतिविन्दुका विरामी फेला परेका छन् । भने ३ सय ४२ जनालाई चश्मा उपलब्ध गराईएको छ । आँखाको समस्या भई उपचार गराउन नसकेका विपन्न, मुक्तकमैयाँ लगायतलाई सेवा दिने उदेश्यका साथ निःशुल्क आँखा शिविर सञ्चालन गरिएको रोटरी क्लव अफ सेन्टरल बाँकेका नोमिन प्रिसिडेन्ट तथा शिविरका टिम लिडर सतिश अधिकारीले बताउनु भयो । शिविरमा रोटरी कल्व आफ अष्ट्रेलीयाका प्रोफेसर डाक्टर जेन्सन बुथ सहितको नेत्र विज्ञ र नेपालका आँखा बिशेषज्ञद्धारा आँखा परिक्षण गरिएको थियो ।

शिविरमा आँखाको दृष्टी परिक्षण गरी टाढा र नजिक देखन सकिने चश्मा, आँखाको अन्य समस्या भएकाहरुलाई औषधि निशूल्क वितरण गरिएको छ । त्यस्तै आँखा परिक्षण गर्दा मोतिया बिन्दुको समस्या भए भिजन आँखा अस्पताल नेपालगञ्जमा निशुल्क आँखा अप्रेसनको लागि रिफर गरिने रोटरी कल्व बाँकेका आँखा विज्ञ विमल कार्कीले जानकारी दिनु भयो । शिविर विहान ९ बजेदेखि ३ बजे सम्म सञ्चालन भएको थियो । निशूल्क आँखा शिविर चैत्र ३ गते बढैयाताल गाउपालिका वडा न ९ टेशनपुर स्थित मुक्त कमैया आविमा र चैत ४ गते त्रिभुवन मावि बाँसगढी ८ ककौरामा सञ्चालन हुने जनाईएको छ । निशुल्क आँखा शिवीर यो भन्दा पहिले बाँकेको राप्ती सोनारी, चिसापानी, टिटीहरीयामा समेत सञ्चालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *