खोजि गर्नुहोस..

व्यवसायी सँगै उपभोक्ताको संरक्षणका लागि महासचिवमा गौतमको उम्मेदवारी

रावन विश्वकर्मा,


बाँसगढी उद्योग वाणिज्य संघको महासचिवमा युवा व्यवसायी विकास गौतमले उम्मेदवारी दिनु भएको छ । नर बहादुर वली नेतृत्वको लोकतान्त्रीक समावेशी प्यानलबाट गौतमले महासचिव पदको लागि आफ्नो उम्मेदवारी दिनु भएको हो । गौतमले आफु शिक्षित युवा सँगै अबल व्यवसायी र व्यबसायीहरुको पिरमर्म नजिक बाट बुझेकाले व्यवसायी सँगै उपभोक्ताको संरक्षणका लागि बाँसगढी उद्योग वाणिज्य संघको महासचिवमा आफ्नो उम्मेदवारी रहेको बताउनु भयो ।

देश नै आर्थिक रुपले संकट ग्रस्त रहेको समयमा ठुला ठुला सपना बाड्न नभई व्यवसायीहरुको हकहित सँगै समग्र समस्या समाधान गर्ने लक्ष्यका साथ निर्वाचनमा होमिएको गौतमले बताउनु भयो । खुल्ला सीमाका कारण स्थानिय व्यापार व्यवसाय धरासायी बन्दै गएकाले उपभोक्तालाई जागरुप बनाउदै आवश्यक बस्तु स्थानिय स्तरबाटै खरिदको वातावरण सृजना गर्न र कर साक्षरताका लागि आवश्यक सहजिकरण गर्न आफ्नो मुख्य भुमिका रहने गौतमको भनाई छ ।

विकास गौतम, गौतम भेट सेन्टर बाँसगढीका सञ्चालक, गौतम पोल्ट्री एण्ड फिड सप्लार्यस, प्रार्थ फेमली प्रा.लिका निर्देशक, मध्यपश्चिम फिड ईन्डष्ट्रिज र बालजोती एकेडेमी ककौराका शेयर सदस्य समेत हुन् । बाँसगढी क्षेत्रमा रहेका समग्र व्यवसायका मुद्धा उठान गरी दिगो समाधानका निम्ति लोकतान्त्रीक समावेशी प्यानललाई अत्याधिक मतले विजय गराउन समेत उहाले सबैमा अपिल गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *