खोजि गर्नुहोस..

बाँसगढी उद्योग वाणिज्य संघको सदस्यमा परियारको उम्मेदवारी

रावन विश्वकर्मा,


बाँसगढी उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि बिष्णु परियारले सदस्य पदको लागि उम्मेदवारी दिनु भएको छ । बिजयनगर दमौली बहुउद्देश्यि कृषि फर्मका सञ्चालक परियारले बराल नेतृत्वको लोकतान्त्रीक समावेशी स्वतन्त्र व्यवसायीक प्यानलको तर्फबाट सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । बाँसगढी क्षेत्रका व्यवसायीहरुको हक अधिकार र समस्यालाई उजागर गर्न बाँसगढी उद्योग वाणिज्य संघको सदस्यमा आफुले उम्मेदवारी दिएको परियारले बताउनु भयो ।

बाँसगढी नगरपालिका ६ निवासी बिष्णु परियार युवा उद्यम सँगै बिगत बर्ष देखी सामाजिक कार्यमा समर्पित रहदै आउनु भएको छ । परियारले बाँसगढी उद्योग वाणिज्य संघको सदस्यमा निर्वाचित भए व्यापारीहरुको समस्याहरुलाई हल गर्न सधै पर्यत्नशील भएर लाग्ने बताउनु भयो । उहाँले आफु लगायत समग्र प्यानललाई अत्याधिक बहुमतले बिजय गराउन समेत अपिल गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *