खोजि गर्नुहोस..

व्यवसायीहरुको समस्यालाई सम्बोधन गर्ने संकल्प सहित बराल नेतृत्वको प्यानल प्रचारमा, व्यापारीहरुको व्यापक समर्थन

रावन विश्वकर्मा, बर्दिया

बाँसगढी क्षेत्रका व्यवसायीहरुको समस्यालाई सम्बोधन गर्ने संकल्प सहित बद्री नाथ बराल नेतृत्वको लोकतान्त्रीक समावेशी स्वतन्त्र प्यानल प्रचार प्रसारमा लागेको छ । बाँसगढी उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि लोकतान्त्रीक समावेशी स्वतन्त्र प्यानल आफ्ना १५ बुद्धे संकल्प सहित चुनावी प्रचार प्रसारमा लागेको अध्यक्ष पदका उम्मेदवार बद्री नाथ बरालले बताउनु भयो । व्यवसायीहरुको सुख दुखमा जोडिदै उहाँहरुको समस्या र पिडालाई सम्बोधन गर्ने संकल्प सहित प्यानल चुनावी मैदानमा होमिएको बरालले बताउनु भयो ।

स्थानिय सरकार सँगको समन्वयमा बाँसगढीमा उद्योगको विकास गर्दै रोजगारी सृजना गरेर विदेशीएका युवाहरुलाई व्यापार व्यवसाय तर्फ आकर्षण गर्नुपर्दछ भन्ने संकल्प लोकतान्त्रीक समावेशी स्वतन्त्र प्यानलको छ । प्यानलका पदाधिकारीहरु व्यापारीहरुलाई रिझाउन भेटघाटमा व्यस्त छन । व्यवसायीहरुको घरदैलो तथा भेटघाटको क्रममा व्यवसायीहरुको समर्थन व्यापक रहेको प्यानलको दावी छ ।

बराल नेतृत्वको संकल्प पत्रमा बाँसगढी नगर तथा नगरबासीलाई सफा, सुन्दर तथा स्वस्थ राख्न “Clean Bansgadhi, Green Bansgadhi & Healthy Bansgadhi” खुल्ला नाकाबाट हुने अवैध कारोबारलाई रोक्न प्रभावकारी कदम चाल्ने देखी बैंक तथा वित्तिय संस्थाबाट प्रडातित व्यवसायी तथा आम नागरिकको पिडा सम्बोधन गर्न नेतृत्वदायी भुमिका खल्ने, स्थानिय सरकारको कर र जरिवानाले गर्दा धेरै व्यवसायी दर्ता र नविकरण बाट बञ्चित हुनु परेकाले उक्त करमा अधिकत्म छुटको पहल गर्ने, सड्क दुर्घटना, चोरी नियन्त्रण गर्न बाँसगढीका विभिन्न स्थानमा सिसि क्यामेरा र उज्यालो बाँसगढी अभियान अन्तर्गत नगर क्षेत्रमा आवश्यकता अनुसार हाई मास्ट लाईट जडानका लागि पहल गर्ने लगायत १५ बुद्धे प्रतिवद्धतामा समेटिएको छ ।

“हाम्रो संकल्पः मर्यादित व्यवसाय, सम्मानित व्यवसायी” भन्ने मुल नारा सहित नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीमा सम्बद्ध व्यवसायीहरु लोकतान्त्रीक समावेशी स्वतन्त्र व्यवसायीक प्यानल निर्माण गरिएको छ । प्यानलको अध्यक्षमा बद्री नाथ बराल, बरिष्ठ उपाध्यक्षमा मायाँ कुमारी पौडेल, उद्योग उपाध्यक्षमा खेमराज भट्टराई, वाणिज्य उपाध्यक्षमा ईन्द्रजीत बुढाथोकी, महिला उपाध्यक्षमा मनु अधिकारी, पर्यटन उपाध्यक्षमा बबई चेपाङ्गलाई दिईएको छ । त्यस्तै महासचिवमा भोजराज शर्मा, सचिवमा यज्ञ बहादुर वली, कोषाध्यक्षमा सरोज कुमार थारु, सहकोषाध्यक्षमा सुनिल अधिकारी रहनु भएको छ ।

सदस्यहरुमा अजय तिवारी, महेश अधिकारी, रामलाल श्रेष्ठ, लक्ष्मण थारु, किशोर शर्मा, शान्ता प्रभा अधिकारी, बिष्णु परियार, कृष्ण खड्का, देवराज राना, सञ्जु कुमार वली र कृष्ण प्रसाद देवकोटा रहेका छन । भने लेखा संयोजकमा दिलु पौडेल ज्ञवाली, सदस्यमा सुरज कुमार थारु र सुनिता थारु रहेका छन ।

लोकतान्त्रीक समावेशी स्वतन्त्र व्यवसायीक प्यानलका प्रतिवद्धता यस्ता छन् ः
१.समग्र बाँसगढीलाई औद्योगिक क्षेत्रको रुपमा विस्तार गर्न स्थानिय, प्रदेस तथा केन्द्र सरकार सँग पहल गरि स्थानिय स्तरमा व्यापार तथा रोजगारी सृजना गर्न जोड दिने छौ ।
२.बाँसगढी नगर तथा नगरवासीलाई सफा, सफा, सुन्दर तथा स्वच्छ राख्न “Clean Bansgadhi, Green Bansgadhi & Healthy Bansgadhi” अभियान सञ्चालन गर्ने छौँ ।
३.घुमन्ते, फिरन्ते तरिकाबाट भैरहेको अबैध व्यापारहरुलाई निस्तेज गरि संस्थागत स्वरुपमा व्यापार व्यवसाय गर्न प्रोत्साहन गर्ने छौँ ।
४.खुल्ला नाकाबाट हुने अबैध कारोबारलाई रोक्न प्रभावकारी कदम चाल्ने छौँ । सीमावर्ति बजारहरुमा भिडभाड हुने तर स्थनिय बजार सुनसान हुने समस्याको समाधानको लागि पहल गर्ने छौँ ।
५.बंैक तथा वित्तिय संस्थाबाट प्रडातित व्यवसायी तथा आम नागरिकको पीडा सम्बोधन गर्न नेतृत्वदायी भुमिका खेल्ने छौँ ।
६.बाँसगढी नगर भित्रका सहकारी तथा गैर सरकारी संस्थाहरुले आफुलाई आवश्यक पर्ने सामान खरिद गर्दा स्थानिय व्यवसायीबाट उपलब्ध हुन सक्ने बस्तु खरिद गर्नुपर्ने नितिगत निर्णय गर्न स्थानिय सरकार सँग पहल गर्ने छौँ ।
७.स्थानिय उत्पादनको उत्पादकत्व बढाउन पहल गरि यसलाई बजारिकरण गर्नुका साथै उचित मुल्यको समेत व्यवस्था गर्न सहयोग गर्छौ ।
८.स्थानिय सरकारको कर र जरिवानाले गर्दा धेरै व्यवसायी दर्ता र नविकरणबाट बंचित हुनु परेकाले उक्त करमा अधिकतम छुटको पहल गर्ने छौँ ।
९.उद्योग वाणिज्य संघलाई महासँघमा आवद्ध गराउने प्रयासलाई निरन्तता दिने छौँ ।
१०.सडक दुर्घटना, चोरी नियन्त्रण गर्न नगर क्षेत्रका बिभिन्न स्थानमा सिसि क्यामरा जोड्न पहल गर्ने छौ । शान्ति सुरक्षा स्थापनामा प्रशासन सँग समन्वय गरी अगाढी बढ्ने छौँ ।
११.बैदेशिक रोजगारी बाट फर्किएकाहरुको लागि उद्ययमशिलतामा आधारित व्यवसायमा सहजीकरण गर्ने छौँ । यसको लागि संघमा छुटै हेल्प डेक्स राख्ने छौँ ।
१२.नगर भित्र विद्यमान रहेका सम्पुर्ण सार्वजनिक शौचालयको स्तरउन्नति गरि आम समुदायको पहुचमा पुर्याउन पहल गर्ने छौँ । सागै उचित खानेपानीको व्यवस्था पनि गरिने छ ।
१३.उज्यालो बाँसगढी अभियान अन्तरगत नगर क्षेत्रमा आवश्यकता अनुसार हाई मास्ट लाईट जडानका लागि पहल गर्ने छौँ ।
१४.बाँसगढीमा हुने डुवानको व्यवस्थापनका लागि वहाव तथा ढल निकाको लागि सम्बन्धित क्षेत्रमा पहल गर्ने छौँ ।
१५.व्यवसायीकका हरेक सुख, दुःखमा जोडिई व्यवसायिक बीमाको अवधारणा ल्याउने छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *