रावन विश्वकर्मा,
बाँसगढी उद्योग वाणिज्य सँघको आगामी निर्वाचनका लागि लोकतान्त्रीक समावेशी प्यानलले ९ बुद्धे प्रतिवद्धता सहित प्रचार प्रसारलाई तिव्र पारेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा आस्था राख्ने व्यवसायीहरुको संयुक्त प्यानलले बिभिन्न ९ बुद्धे प्रतिबद्धता सहित आफ्नो प्रचारलाई तिव्रता दिएको हो । नर बहादुर वली नेतृत्वको लोकतान्त्रीक समावेशी प्यानलमा रहेका सबै उम्मेदवार सहितको टोली व्यवसायीहरुको पसल पसलमा पुगेर मत माग्न थालेका छन् । प्यानलले लस्करै गाढीमा प्रचार प्रसारको गित धन्काउदै बाँसगढी १ बबई चेपाङ्गबाट आफ्नो प्रचारलाई सुरु गर्दै व्यापारी सँगको घरदैलो र भेटघाटलाई तिव्र पारेको छ ।
उद्योग वाणिज्य सँघको चैत्र ४ गते अधिवेशन भएकाले प्यानल व्यपारीहरुलाई रिजाउन व्यस्त देखिएको छ । शनिबार बबई चेपाङ्ग, बाँसगढी २ राँझा, वडा नं ३ बेलवा, लखना सँगै बाँसगढीका केही पसलहरुमा व्यापारीहरुको घरदैलो तथा भेटघाट गरिएको लोकतान्त्रीक समावेशी प्यानलका उद्योग उपाध्यक्षका उम्मेदवार बिष्णु प्रसाद ढकालले बताउनु भयो । व्यापारीहरु सँगको भेटघाटबाट राम्रो प्रतिक्रिया आएको र प्यानललाई थप हौसल्ला र आर्दिबाद मिलेको ढकालको भनाई छ । प्यानलको तर्फबाट व्यापारीहरु सँग ९ बुद्धे प्रतिवद्धता गरिएको छ ।
प्यानलको अध्यक्षमा नर वहादुर वली, बरिष्ठ उपाध्यक्षमा शिव देवकोटा, उद्योग उपाध्यक्षमा बिष्णु प्रसाद ढकाल, वाणिज्य उपाध्यक्षमा गोविन्द बहादुर हमाल, महिला उपाध्यक्षमा विजया कुमारी शर्मा, पर्यटन उपाध्यक्षमा बबई चेपाङ्गबाट माओवादीका उम्मेदवार बनाउने सहमति भएको छ । त्यस्तै महासचिवमा विकास गौतम, सचिवमा प्रेम नारायण पौडेल, कोषाध्यक्षमा शेर बहादुर सुनार, सहकोषाध्यक्षमा गायत्री पौडेल रहेका छन् । सदस्यहरुमा गणेश बहादुर केसी, राजु चौधरी, गौरी लम्साल, विनोद अधिकारी, जिवन राजी, निर्मला कुमारी शाही, सियाराम थारु, सुशिल बराल, जोहन पि अधिकारी, बाबुराम थारु र केशव बहादुर टमाटा रहेका छन । भने लेखा समिति संयोजकमा किशोर भट्टराई, सदस्यमा धुब्र काफ्ले र दिपा पौडेल छन् ।
लोकतान्त्रीक समावेशी प्यानलका ९ बुद्धे साझा प्रतिवद्धताहरु यस्ता छनः
१.सघलाई महासँघमा आवद्ध गराई बाँसगढीको पहिचान र विकासका लागि गुरुयोजना तयार पारि कार्यान्वयन गर्ने ।
२.व्यवसायी हक हितका लागि त्रैमासिक अन्तरक्रिया गरी छलफलबाट उत्पन्न समस्या समाधानका लागि सम्बन्धीत निकामा प्रभावकारी भुमिका निर्वाह गर्ने ।
३.व्यवसायीक वर्गिकरण गरि बस्तुगत समितिहरुको भुमिकालाई प्रभावकारी बनाउने ।
४.दर्ता बिनाको व्यवसायी घुमन्ते व्यावसायी, खुल्ला सिमानाका कारण हुने अबैध व्यावसायी विरुद्ध सबै व्यावसायीहरुलाई गोलबन्द गर्दै अबैध व्यावसायीलाई निस्तेज गर्ने ।
५.तनाव रहित व्यावसायी स्वस्थ र निरोगी रहनका लागी संघको माथिल्लो तलाको बाँकी कार्य सम्पन्न गरी स्थानिय योग गुरु द्धारा योग शिक्षा चलाउने ।
६.संस्था प्रति व्यावसायीको अपनत्वका भावनाको विकास, स्वस्थ प्रतिस्पर्धात्मक व्यावसाय, सवल अर्थतन्त्रका लागि योजना बनाई कार्यान्वयन गर्ने ।
७.जुन सुकै उत्पादित बस्तुको उचित मुल्यांकन, बजारिकरण तथा व्यावसायीक किसान बढाउन स्थानिय सरकार सँग सहकार्य गरी आवश्यक कार्यक्रम सञ्चालन गर्ने ।
८.पर्यटकिय गन्तव्यको खोजी, चेपाङ्ग पुर्व चिसापानी देखी राझाँ, वेतहनी, अमहिया, अस्नेरी, सत्खलुवा हुदै रम्भापुर नयाँ जंगल सफारी ट्रयाकका लागि सम्बन्धित निकाय सँग पहल गर्ने, होमस्टेहरुको विकास गरी आय आर्जनका लागि प्रेरित गर्ने ।
९.दोहोरो कर प्रणाली, अनावश्यक कर परिक्षण विरुद्ध राजस्व परापर्शमा व्यवसायीक हक हितको संरक्षणका लागि खाका पेस गर्ने । उपभोक्ताको र व्यवसायी बिचसम्बन्ध राम्रो बनाई राख्न कार्यक्रम सञ्चालन गर्ने ।