रावन विश्वकर्मा,
बाँसगढी उद्योग वाणिज्य सँघको आसन्न निर्वाचनका लागि बद्री नाथ बरालको नेतृत्वमा लोकतान्त्रीक समावेशी स्वतन्त्र व्यवसायीक प्यानलको घोषणा गरिएको छ । “हाम्रो संकल्पः मर्यादित व्यवसाय, सम्मानित व्यवसायी” भन्ने मुल नारा सहित नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका आस्थावान व्यवसायी सम्बद्ध लोकतान्त्रीक समावेशी स्वतन्त्र व्यवसायीक प्यानल घोषणा गरिएको हो ।
बाँसगढी उद्योग वाणिज्य सँघका बर्तमान बरिष्ठ उपाध्यक्ष बद्री नाथ बरालको नेतृत्वमा बिहिबार एक कार्यक्रमका बिच प्यानलको घोषणा गरिएको हो । प्यानलमा नेकपा एकिकृत समाजबादीमा आस्था राख्ने व्यापारीलाई महिला उपाध्यक्ष सहित २ सदस्य, नागरिक उन्मुक्ति पाटीमा आस्था राख्ने व्यापारीका लागि कोषाध्यक्ष, १ सदस्य र १ लेखा सदस्य, सहकोषाध्यक्ष स्वतन्त्र र अध्यक्ष सहित अन्य पद नेपाली काँग्रेसमा आस्था राख्ने व्यापारी सहितको मजबुद्ध प्यानल निर्माण गरिएको छ ।
प्यानलको सार्वजनिक नामावली अनुसार अध्यक्षमा बद्री नाथ बराल, बरिष्ठ उपाध्यक्षमा मायाँ कुमारी पौडेल, उद्योग उपाध्यक्षमा खेमराज भट्टराई, वाणिज्य उपाध्यक्षमा ईन्द्रजीत बुढाथोकी, महिला उपाध्यक्षमा मनु अधिकारी, पर्यटन उपाध्यक्षमा बबई चेपाङ्गलाई दिईएको छ । त्यस्तै महासचिवमा भोजराज शर्मा, सचिवमा यज्ञ बहादुर वली, कोषाध्यक्षमा सरोज कुमार थारु, सहकोषाध्यक्षमा सुनिल अधिकारी रहनु भएको छ ।
सदस्यहरुमा अजय तिवारी, महेश अधिकारी, रामलाल श्रेष्ठ, लक्ष्मण थारु, किशोर शर्मा, शान्ता प्रभा अधिकारी, बिष्णु परियार, कृष्ण खड्का, देवराज राना, सञ्जु कुमार वली र कृष्ण प्रसाद देवकोटा रहेका छन । भने लेखा संयोजकमा दिलु पौडेल ज्ञवाली, सदस्यमा सुरज कुमार थारु र सुनिता थारु रहेका छन ।
आगामी चैत्र ४ गते हुने बाँसगढी उद्योग वाणिज्य सँघको तेस्रो अधिबेशनबाट नयाँ कार्य समितिका लागि निर्वाचन हुने छ । सो निर्वाचनका लागि बिहिबार बरालको नेतृत्वमा लोकतान्त्रीक समावेशी स्वतन्त्र व्यवसायीक प्यानल घोषणा गरिए सँगै २ वटा प्यानल बिच प्रतिस्पर्धा हुने छ ।