खोजि गर्नुहोस..

सिमासँग जोडिएका पालिकामा कोभिड बिरुद्धको खोप लगाइने

भारतीय सीमासँग जोडिएका बर्दियाका ४ वटा पालिकामा कोभिड विरुद्ध खोप लगाइने भएको छ । भारतीय सिमासँग जोडिएका बढैयाताल गाउँपालिका, गुलरिया नगरपालिका, मधुवन नगरपालिका र राजापुर नगरपालिकामा कोभिड विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय बर्दियाले जानकारी गराएको छ । कोभिड विरुद्धको खोप फागुन १६ गते देखि १८ गते सम्म संचालन हुने स्वास्थ्य कार्यालय बर्दियाका स्वास्थ्य प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभएको छ । कोभिड विरुद्धको खोप रोगसँग लड्न सक्ने क्षमता कम भएका ५५ बर्ष भन्दा माथिका उमेर समुहका व्यक्तिहरु तथा जोखिममा रहेका स्वास्थ्यकर्मी, गर्भवती, १२ बर्ष माथिका दिर्घरोगी र रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई लगाइने छ ।

कार्यक्रमका बारेमा जनप्रतिनिधि तथा पत्रकारसँग अन्र्तक्रिया गरिएको छ । पहिलो चरणमा गुलरिया नगरपालिकामा ४ हजार १ सय २८ जना, मधुवन नगरपालिका ६ हजार ३ सय ७६ जना, राजापुर नगरपालिकाका ९ हजार ५ सय ०५ जना र बढैयाताल गाउँपालिकाका ९ हजार ५ सय जनालाई खोप दिने लक्ष्य स्वास्थ्य कार्यालय बर्दियाको छ । बर्दिया जिल्ला भरि प्रभावकारी खोप अभियान संचालन गर्ने र अभियान पश्चात पनि तोकेका खोप केन्द्रबाट निरन्तर कोभिड विरुद्धको खोप प्रदान गरिने जानकारी दिईएको छ । अभियानले लिएको लक्ष्य पुरागर्न ५५ बर्ष भन्दा माथिका उमेर समुहलाई खोप केन्द्र सम्म पुयाउन जनप्रतिनिधिहरुको उल्लेखनीय भुमिका रहने स्वास्थ्य कार्यालय बर्दियाले आशा लिएको प्रमुख गिरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *