खोजि गर्नुहोस..

दोस्रो लक्ष्मणपुर खुल्ला फुटबल प्रतियोगितामा २ लाख ८३ हजार बढी खर्च

अनोज थारु
दोस्रो लक्ष्मणपुर खुल्ला फुटबल प्रतियोगितामा २ लाख ८३ हजार बढी खर्च भएको प्रतिवेदन सार्वजनिक गरिएको छ । बर्दियाको बाँसगढी ४ र ५ वडामा रहेको बेलटारी युवा क्लव लक्ष्मणपुरले २०७९ असोज ९ गते देखी १६ गते सम्म खेल सञ्चालन गरेको थियो । शनिबार क्लवले सार्वजनिक सुनुवाई गर्दै प्रतियोगिताको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको हो । खेल सञ्चालनका लागि जम्मा ३ लाख ७५ हजार ५ सय ३५ रुपैयाँ संकलन भएको र विभिन्न शिर्षकहरुमा गरी २ लाख ८३ हजार ३ सय ३१ रुपैयाँ खर्च भएको खेल संयोजक दिपक अधिकारीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत प्रतिवेदन अनुसार पुरस्कार खरिदमा ६७ हजार, मेडल तथा फ्रेम खरिदमा ३४ हजार, एम्पाएर खर्च तर्फ ३२ हजार, ब्यानर तथा प्रमाण पत्र छपाईमा ३७ हजार, खेलाडी ड्रेस तथा पारिश्रमिकमा २९ हजार खर्च भएको छ भने बाँकी अतिथि सत्कार लगायत अन्य अन्य शिर्षकमा खर्च गरिएको छ भने संकलन रकम मध्य ९२ हजार २ सय ४ रुपैयाँ बचत रहेको छ । बेलटारी युवा क्लव लक्ष्मणपुरले खेलकुद सँगै सामुहिक रुपमा धान काट्ने, देसीभैलो लगायत सृजनात्मक काम गरेर आर्थिक जोहो गर्ने गरेको क्लवका अध्यक्ष चित्र बहादुर खत्रीले बताउनु भयो । क्लवल गाँउ तथा टोल सरसफाई र बिकास निर्माणमा समेत सक्रिय सहभागिता जनाउने गरेको अध्यक्ष खत्रीले बताउनु भयो ।

क्लव यो बर्ष सामुहिक रुपमा धान काटेर ४८ हजार ५ सय संकलन गरेको र त्यसमध्य पिक्निक खानपिन गर्दा २९ हजार ५ सय खर्च भर्ई १९ हजार र देउसी भैलोबाट १४ हजार २५० रुपैँया बचत गरेको छ । हाल बेलटारी युवा क्लवको कोषमा १ लाख २५ हजार ४ सय ५४ रुपैँया जम्मा रहेको खेल संयोजक दिपक अधिकारीले प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै बाँसगढी ४ का वडा अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले वडाका सबै युवाहरुलाई क्लवले समेटनु पर्नेमा जोड दिनुभयो । वडा अध्यक्ष बास्तोलाले क्लवलाई आफ्नो सधै साथ र सहयोग रहने समेत प्रतिवद्धता जनाउनु भयो । त्यस्तै कार्यक्रममा नेरा मावि लक्ष्मपुरका शिक्षक तथा बुद्धिजिबी फग्गुवा थारु, क्लवका पुर्व अध्यक्ष भुपाल खड्का लगायतले क्लवको प्रगतिको कामना गर्दै सल्लाह सुझाव दिनुभएको थियो । फुटबल खेलका संयोजक दिपक अधिकारीले सञ्चालन गर्नु भएको कार्यक्रममा बाँसगढी ४ का वडा सदस्य तथा लक्ष्मणपुर गाँउका बरघर रतिराम थारु, सुसिला बिक लगायत लक्ष्मणपुर गाँउका युवा र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *