खोजि गर्नुहोस..

होली पर्व मर्यादापुर्वक मनाउन बर्दिया प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय बर्दियाले नजिकिदै गरेको होली पर्वलाई मर्यादापुर्वक मनाउन आग्रह गरेको छ । बर्दिया प्रशासनले शुक्रबार एक सुचना जारी गर्दै होली पर्वको शुभकामना व्यक्त गर्दै मर्यादापुर्वक मनाउन आग्रह गरेको हो । प्रशासनले कसैको इच्छा विपरीत रंग लगाउने, लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, नमेटिने रंग लगाउने, मादक पदार्थ तथा नशालु पदार्थ खुवाउने लगायत कार्यहरु नगर्न जिल्ला प्रशासनले आग्रह गरेको छ । साथै, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर पर्व मनाउन आग्रह गर्दै प्रशासनले उल्लंघन गरेमा कानुन वमोजिम कारबाही गर्ने पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *