खोजि गर्नुहोस..

बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता हुने

अनोज थारु,
चौथो बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । बढैयाताल गाँउपालिका र ८ नं वडा कार्यालयको आयोजना तथा कालिका सामुदायिक पुस्तकालयको व्यवस्थापनमा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७९ सञ्चालन हुने भएको हो । शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत्र ४ गते देखी ११ गते सम्म सञ्चालन गरिने ८ नं वडा अध्यक्ष तेजनाथ पौडेलले जानकारी दिनुभयो । अध्यक्ष कप फुटबल प्रतियोगिता बढैयाताल गाँउपालिकाको ८ नं वडामा रहेको मयूर युवा क्लबको खेल मैदानमा सञ्चालन गरिने वडा अध्यक्ष पौडेलले बताउनु भयो । युवा खेलाडीहरुलाई प्रोत्साहित गर्दै नयाँ प्रतिभावन खेलाडीहरुको खोजी गरी उनीहरुको शारिरीक तथा मानसिक विकासमा योगदान पुर्याउन र खेलकुद मार्फत पुस्तक र पुस्तकालयको महत्वबारे प्रचारप्रसार गर्न खेलकुद प्रतियोगिताको आयोजना गरिएको हो । “युवा नै हो देशको शानः सबैले गरौं खेलकुदमा योगदान” भन्ने नाराका साथ आयोजना गरिने प्रतियोगितामा बर्दिया जिल्लाका ८ वटै पालिकाबाट १÷१ वटा आधिकारिक टीमले सहभागि जनाउने छन् । खेलमा सहभागिताका लागि गाउँपालिका र नगरपालिकाको आधिकारिक पत्र अनिवार्य गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु १ लाख ५ हजार ५५५ रुपैँया, द्वित्तिय हुने टिमलाई रु ५१ हजार १११ नगद सहित प्रमाण पत्र र मेडलको ब्यवस्था गरीएको छ । खेलमा मेन अफ द म्याच हुने खेलाडीलाई रु १० हजार ५ सय नगद पुरस्कारको व्यवस्था समेत गरिएको आयोजक समितिले जनाएको छ । पालिका स्तरीय फुटबल प्रतियोगिता बिगत बर्ष देखी नै भईरहेको तर खर्च विवरण सार्वजनिक नहुने भए पनि यस बर्ष प्रतियागिता सकिए पछि आयव्यय र खर्च विवरण पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालनको लागि बढैयाताल गाँउपालिकाले २ लाख, ८ नं वडा कार्यालयले २ लाख बजेट छुट्याएको र प्रतियोगितामा टिम दर्ता शुल्क, मुख्य प्रायोजक, प्रायोजक, सहप्रायोजक र व्यानर प्रायोजक गरी झण्डै ११ लाख रकम संकलन हुन सक्ने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा बढैयाताल गाँउपालिका अध्यक्ष हिमालय त्रिपाठीले खेलाडीको प्रोत्साहनका लागि पालिकाबाट थप १ लाख बजेट छुट्याउने उद्घोष गर्नुभयो । उहाँले चैत्र महिनाको आफुले पाउनु पर्ने रकम यातायातका लागि छुट्याएर खेलकुद क्षेत्रमै खर्च गर्ने समेत घोषणा गर्नुभयो । प्रतियोगिताको प्रायोजकको रुपमा बर्दिया एकेडेमी एण्ड पोलिटेक्निक रिसर्च सेन्टर सम्झौता गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *