खोजि गर्नुहोस..

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

बर्दिया प्रहरीले दुइ जना फरार प्रतिवादीलाइ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले दिएको जानकारी अनुसार जवरजस्ती करणी उद्योग र लागु औषध (नाईट्रोजेपाम) मुद्दामा फरार दुइ जना प्रतिवादीलाइ पक्राउ गरेको जनाएको हो ।

प्रहरीका अनुसार जिल्ला अदालत बर्दियाको २०७३ असार १२ गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा चार वर्ष ११ महिला १३ दिन कैद सजाय तोकेर फरार रहेका मधुवन नगरपालिका वडा नम्बर ५ बस्ने विकाश नेपालीलाई आज प्रहरीले पक्राउ गरेको हो । त्यस्तै जिल्ला अदालत बर्दियाको २०७८ फागुन २७ गतेको फैसलाले लागु औषध मुद्दामा १ महिला १५ दिन कैद र दुई हजार रुपैयाँ जरीवाना तोकेर फरार रहेका गेरुवा गाउँपालिका वडा नम्बर ५ बस्ने हिक्मत शाहीलाई आज पक्राउ गरेर सार्वजनिक गरेको हो । पक्राउ परेका दुवैलाइ फैसला कार्यान्वयनका लागी सम्मानित बर्दिया जिल्ला अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *