खोजि गर्नुहोस..

ऊँ केदारेश्वर धाम बाँसगढीमा महायज्ञ तथा महाशिवरात्री विशेष पुजा आराधना सुरु

रावन विश्वकर्मा,
बर्दियाको बाँसगढीमा रहेको ऊँ केदारेश्वर धाममा संगीतमय प्रवचन सहितको श्रीमद् भागवत ज्ञान महायज्ञ तथा महाशिवरात्री विशेष पुजा आराधना सुरु भएको छ । धामका प्रमुख संरक्षक बह्मनिष्ठ सन्तशिरोमणी लोकानन्द स्वामी महाराजको उपस्थितिमा लुम्विनी प्रदेसका वन तथा वातावरण मन्त्री दुर्गा प्रसाद चौधरीले महायज्ञको मंगलबार उद्घाटन गर्नुभयो । महायज्ञ उद्घाटन कार्यक्रममा प्रदेस सभा सदस्य, बर्दियाका विभिन्न स्थानिय तहका जनप्रतिनिधी, निवर्तमान जनप्रतिनिधी, विभिन्न राजनितिक दलका प्रतिनिधी, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, समाजसेबी लगायत बर्तालुभक्तजनहरुको सहभागिता रहेको थियो । केदारेश्वर धामलाई धार्मिक पर्यटकीय धरोहरको रुपमा विकसित गर्ने, प्राकृतिक रुपमा निर्माण भएका ताल तलैयाहरुको संरक्षण गर्दै दुर्लभ पशुपंक्षी एवम सिमसार क्षेत्रको रुपमा विकास गरी दर्शनिय एवंम पर्यटकीय क्षेत्र बनाउने, धार्मिक महत्व राख्ने बोट विरुवा तथा जडिबुटी रोप्ने, समाजमा धार्मिक, साँस्कृतिक एवम नैतिक जागरण ल्याउने उदेश्यका साथ महायज्ञ सञ्चालन गरिएको महायज्ञ मुल समितिले जनाएको छ । फागुन २ गते देखी ८ गते सम्म सञ्चालन हुने महायज्ञमा विहान योग, नित्य पुजा र आरती, दिउसो संगीतमय प्रर्बचन, पाठ, झाँकी र साँझ सन्ध्याकालिन आरती तथा संगितमय भजनकृतनका कार्यक्रमहरु दैनिक रुपमा गरिने छन । त्यस्तै महायज्ञमा तुलादान, ब्रतबन्ध, चौरासीपुजा, लाखवती प्रज्वलन तथा प्रसाद वितरण, ७५ बर्ष माथिक बृद्धबुद्धाहरुलाई विशेष अभिनन्दन गरिने कार्यक्रमहरु समेत राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *