खोजि गर्नुहोस..

प्रहरी कार्यालय मैनापोखरद्धारा प्रहरी कर्मचारीलाई म्याट्रेस, डसना बितरण

अनोज थारु,
ईलाका प्रहरी कार्यालय मैनापोखरले प्रहरी जवानहरुलाई (म्याट्रेस, डसना) बितरण गरीएको छ । बर्दिया बढैयाताल गाँउपालिका ६ मा रहेको प्रहरी कार्यालयले आफ्नो मातहतमा रहेका प्रहरी चौकीमा कार्यरत ५० जना प्रहरी कर्मचारीहरुलाई वेड विस्तारा उपलब्ध गराएको प्रहरी निरिक्षक कमल क्षेत्रीले बताउनु भयो । मंगलबार एक कार्यक्रमको आयोजना गरी कार्यालय मातहत रहेको कालिका प्रहरी चौकी, सितलाबजार प्रहरी चौकी र जमुनी प्रहरी चौकीमा कार्यरत ५० जना प्रहरी जवानहरुलाई १÷१ थान म्याट्रेस डसनाको व्यवस्थापन गरिएको हो । प्रहरी कर्मचारीहरुको आधारभुत आवश्यकतालाई ध्याममा राख्दै प्रहरी कर्मचारीहरु सरुवा भए पछि विस्तारा नै बोक्दै हिड्नु पर्ने बाध्यताको अन्त्य गरेको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरक्षक कमल क्षेत्रीले बताउनु भयो । प्रहरी निरिक्षक क्षेत्री मैनापोखर कार्यालयमा आए देखी शान्ति सुव्यवस्था कायम गर्ने मात्रै नभएर कार्यालय भित्र रहेको भान्सा कोठा, बस्ने भवनको संरचनात्मक सुधारमा समेत ध्यान दिएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *