खोजि गर्नुहोस..

राष्ट्रपति रनिङ्ग शिल्ड मंगलबार समापन हुदै, भलिवल र कबड्डीका फाईनल खेल

रावन विश्वकर्मा,

पाँचौ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मंगलबार समापन गरिदै छ । बर्दियाको बाँसगढी ८ रिहारपुरको नगर स्तरीय खेलमैदानमा माघ २० गते खानेपानी मन्त्री अब्दुल खानले उद्घाटन गरेको रनिङ्ग शिल्ड प्रतियोगिताको मंगलबार माघ २४ गते समापन गरिने छ । प्रतियोगितामा तेक्वान्दो, कराँते, छात्रा भलिवल, कबड्डी, छात्र छात्रा सटपट थ्रो, ज्यावलिङ थ्रो, हाईजम्प, लङ्जम्प, त्रिपलजम्प, हिट लगायतका खेलहरु फाईनल भएका छन । प्रतियोगिताको अन्तिम दिन छात्र कबड्डी र भलिवल, छात्र छात्रा ३ हजार मिटर दौड र रिले दौड तर्फको फाईनल खेल हुने रामजानकी माविका शिक्षक कमल खत्रीले जानकारी दिनुभयो । मंगलबार छात्र कबड्डी तर्फ बाँसगढी एकेडेमी र त्रिभुवन मावि ककौरा विच प्रतिस्पर्धा हुने छ भने छात्र भलिवल तर्फ नेरा मावि लक्ष्मणपुर र त्रिभुवन मावि ककौरा विच फाईनलको लागि प्रतिस्पर्धा हुने छ । नगर स्तरीय मेयर कपको ४ बर्ष लगायत उपाधि जितेको नेरा मावि लक्ष्मणपुरले यो बर्ष पनि राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि जित्ने पक्का भएको छ । प्रतियोगिताका सबै खेल विद्याहरुमा सक्रिय सहभागिता जनाई सहभागिहरुले उत्कृष्ट प्रदर्शन गरेकाले राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि उचाल्नेमा ढुक्क रहेको नेरा मावि लक्ष्मणपुरका प्रधानाध्यापक अर्जुन प्रसाद तिवारीले बताउनु भयो । बाँसगढी नगरपालिकाको आयोजना र रामजानकी मावि भैसासुरको संयोजन तथा व्यवस्थापनमा माघ २० गते देखी सुरु भएको प्रतियोगितामा मावि र आधारभुत विद्यालय गरी ३० विद्यालयहरुले सहभागिता जनाएको रामजानकी माविका प्रधानाध्यपक नारायण प्रसाद शर्माले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *