खोजि गर्नुहोस..

पाँचौ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु, मन्त्री खानद्धारा उद्घाटन

बर्दियाको बाँसगढीमा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बाँसगढी नगरपालिकाको आयोजना र रामजानकी मावि भैसासुरको संयोजन तथा व्यवस्थापनमा शुक्रबार देखी रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

बाँसगढी ८ रिहारपुरमा रहेको नगर स्तरीय खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको संघिय सरकारका खानेपानी मन्त्री अब्दुल खानले उद्घाटन गर्नुभयो ।

रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै खानेपानी मन्त्री खानले समग्र खेलकुद क्षेत्रको विकासका लागि सदैभ प्रतिवद्ध रहने बताउनु भयो । शारीरिक र मानसिक स्वास्थ्यका लागि पनि खेलकुद महत्वपुर्ण रहेकोमा जोड दिदै मन्त्री खानले विद्यार्थीहरुलाई पठनपाठन सँगै खेलकुद क्षेत्रमा पनि लाग्न आग्रह समेत गर्नुभयो । स्वच्छ र शुद्ध खानेपानीको पहुच आम नागरिक सम्म पुर्याउन र खानेपानीको माध्यमबाट रोजगार सिर्जन गर्न सम्भाव्यताको अध्ययन गरिरहेको मन्त्रीले बताउनु भयो ।

कार्यक्रममा ठाकुरवावा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले खेलकुद क्षेत्रले विद्यार्थीलाई अनुशासित बनाउनुको साथै शारीरिक रूपमा स्वास्थ्य बनाउन पनि मद्दत गर्ने भएकाले विद्यार्थी जीवनमा खेलकुदको धेरै महत्पुर्ण भएको बताउनुभयो ।

त्यस्तै बासँगढी नगरपालिकाका पुर्व नगर प्रमुख शालिकराम अधिकारीले आफ्नो कार्यकालमा ४ पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्न सफल भएको भन्दै उहाँले नयाँ–नयाँ र उर्जाशील खेलाडीहरु उत्पादन आजको आवश्कता भएको बताउनुभयो । बासँगढी नगरपालिकाका नगर प्रमुख तथा प्रतियोगिता मुल आयोजक समितिका संयोजक खडक बहादुर खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मुल आयोजक समितिका सदस्य सचिव तथा प्रतियोगिता संयोजन तथा व्यवस्थापन रामजानकी मावि भैसासुरका प्रधानाध्यापक नारायण प्रसाद शर्माले कार्यक्रमका बारेमा बिस्तृत जानकारी गराउनु भएको थियो । उद्घाटन समारोहमा प्रतियोगितामा सहभागि माध्यमिक तथा आधारभुत्त विद्यालयहरुको मार्च पास सँगै विभिन्न साँस्कृतिक झाँकीहरु प्रदर्शन गरिएको थियो ।

कार्यक्रमको सञ्चालन शिक्षक खगेन्द्र चन्दले गर्नुभएको थियो । माघ २० गतेदेखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा माध्यमिक विद्यालय र आधारभुत विद्यालयहरु गरी ३० वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका छन् । प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, हाइजम्प, लङजम्प र शतपत लगायतका खेल समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *