खोजि गर्नुहोस..

हिंसाका घटनाहरुको सिफारिस प्रणाली सुदृढिकरणको लागि अन्तरक्रिर्या

बालविबाह तथा लैङ्गिक हिंसा संम्बन्धी घटनाहरुको सिफारिस प्रणाली सुदृढिकरणको लागि बाँसगढीमा अन्र्तक्रिर्या गरिएको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान समापन हुदै गर्दा बाँसगढी नगरपालिकामा के कस्ता हिंसाका मुद्धाहरु आए र त्यसको समाधान गर्न के गर्न सकिन्छ भन्ने उद्देश्यले स्थानीय सरकार र सरोकारवालाहरुसंग अन्र्तक्रिया गरीएको हो । कार्यक्रममा महिला अधिकारकर्मी शिवा कुमारी सापकोटाले गाँउ समुदायमा अझै पनि दिनहुँ जस्तो बालबिवाहका घट्नाहरु भइरहेको बताउनु भयो । पैसा र पहुचको आडमा मात्रै न्याय पाउने तर गरिब दुःखीहरुले न्याय पाउने अवस्था छैन उहाले भन्नुभयो पहिला यस्तो प्रविधिको अन्त्य हुन जरुरी छ । त्यस्तै बाँसगढी ८ का वडा अध्यक्ष तुलप्रसाद गौतमले समाजमा हुने सबै खाले हिंसा अन्त्यका लागि आफु अग्रसर रहेको बताउनु भयो । ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीका प्रमुख प्रहरी निरिक्षक सन्तोष चन्दले प्रहरीमा हाल सम्म बाल विवाहका मुद्धा दर्ता नभएको बताउनु भयो । समाजमा बाल विवाहका घटना भईरहेको भए पनि अविभावकहरुले घटनालाई तोडमोड गर्दै निवेदन दिने गरेको प्रहरी निरिक्षक चन्दको भनाई थियो । त्यस्तै बाँसगढी नगर उपप्रमुख ईन्दिरा चौधरीले समाजमा व्यप्त सबै खाले हिंसा अन्त्यको लागि नगरपालिका तयार रहेको तर समाजको सहयोगको आवश्यकता रहेकोमा जोड दिनुभयो । अधिवक्ता तथा बाँसगढी नगरपालिकाका कानुनी सल्लाहकार विकास आचार्यले नगरमा देखिएका विभिन्न खाले हिंसाको नितिगत समाधानका लागि कार्यविधि, नितिगत निर्देशिका बनाएर काममा जोड दिर्दै सहयोगको लागि तयार रहेको बताउनु भयो । प्लान नेपालको आर्थिक सहयोग र बाँके युनेस्को क्लवको आयोजनामा भएको कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी, कानुनी सल्लाहकार, महिला अधिकारकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रमको सञ्चालन संस्थाका फिल्ड अफिसर जानकी खड्काले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *