खोजि गर्नुहोस..

स्थानिय सरकारद्धारा जेष्ठ नागरिकहरु सँग छलफल

बर्दियाको बाँसगढी नगरपालिकाले जेष्ठ नागरिकहरु सँग छलफल गरेको छ । जेष्ठ नागरिकका समस्या, गुनासा र सल्लाह सुझावका आधारमा जेष्ठ नागरिकको हक अधिकारको सुनिश्चितता गर्न स्थानिय सरकारले जेष्ठ नागरिक सँग छलफल गरेको हो । छलफलको क्रममा सहभागी जेष्ठ नागरिकहरुले जेष्ठ अवस्थामा खानपिन देखी लिएर धर्म कर्ममा ईच्छा हुने कुरामा जोड दिएका थिए । जेष्ठ नागरिकहरुले स्थानिय सरकारसँग जेष्ठ नागरिकहरुका लागि बस्ने प्रतिक्षालय, भजन कृतन गर्ने भवन र विभिन्न खालका बाद्यबादनका सामाग्रीहरुको माग समेत गरेका छन । स्थानिय सरकारले जेष्ठ नागरिकहरुको उमेर हदबन्दी तोकेर कोही नदोहोरिने र कोही नछुट्ने गरी जेष्ठ नागरिकहरुलाई सम्मान गरिनु पर्ने बताएका छन । बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले जेष्ठ नागरिकहरुबाट आएका गुनासा र सल्लाह सुझाव ग्रहण गर्दै आगामी दिनमा जेष्ठ नागरिकहरुका समस्याहरु सम्बोधन हुने गरी काम गर्ने बताउनु भयो । उहाँले नागरिकले राखेका मागहरुका बिषयमा पनि गम्भिर भएर लाग्ने कुरामा जोड दिर्दै जेष्ठ नागरिकहरुलाई रमाईलो र मनोरञ्जनका लागि बाद्य बादनका सामाग्रीको व्यवस्था सहित ठाँउ ठाँउमा प्रतिक्षालय र भवन निर्माण गरिने विश्वास दिलाउनु भयो । छलफलमा यो बर्ष पनि जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने निष्कर्ष समेत निकालिएको छ । बाँसगढी नगर उपप्रमुख ईन्दिरा कुमारी चौधरीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा ८ नं वडा अध्यक्ष तुल प्रसाद गौतम, ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीका प्रमुख प्रहरी निरिक्षक सन्तोष चन्द, बाँसगढी नगरपालिकाका लेखा अधिकृत धन बहादुर चन्द, महिला बालबालिका शाखा प्रमुख एशोदा थापा, जेष्ठ नागरिक लगायतको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *