खोजि गर्नुहोस..

बर्दियामा काँग्रेस र नागरिक उन्मुक्ति पार्टीको जीत, एमाले र माओवादी शुन्य

बर्दियामा मंसिर ४ गते सम्पन्न आम निर्वाचनको नतिजा सार्वजनिक भएको छ । प्रतिनिधि सभा तर्फ २ र प्रदेस सभा तर्फ ४ निर्वाचन क्षेत्र रहेको बर्दियामा नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीले जीत निकालेका छन् । यो निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रलाई भने बर्दियाली जनताले पत्याएन्न । बर्दिया क्षेत्र नं १ मा नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीलाई पराजित गर्दै नेपाली काँग्रेसका संजय कुमार गौतम प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ । गौतमले ३० हजार ३० हजार ६ सय ११ मत ल्याउनु भयो भने ज्ञवालीले २६ हजार १ सय ५५ मत ल्याउनु भएको भयो । तेस्रो स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंङ थारुले २३ हजार ९ सय ९३ र चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवेश भुषालले ११ हजार ४ सय मत ल्याउनु भएको थियो । १ लाख ६२ हजार ६ सय ६२ कुल मतदाता रहेको क्षेत्र नं १ मा १ लाख ४ हजार ४ सय २ मत खसेको थियो भने ६ हजार ४ सय २१ मत बदर भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै प्रदेस सभा तर्फ बर्दिया क्षेत्र नं.१(क) मा नेपाली काँग्रेसका भुवनेश्वर चौधरी निर्वाचित हुनु भएको छ । नेकपा एमालेका सालिकराम अधिकारीलाई हराउदै चौधरी प्रदेस सभा सदस्यमा निर्वाचित हुनु भएको हो । चौधरीले १७ हजार २६ मत प्राप्त गर्दा अधिकारीले १६ हजार ९ सय ७ मत प्राप्त गर्नु भएको थियो । क्षेत्र नं.१(ख) मा नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी निर्वाचित हुनु भएको छ । नेकपा एमालेका भक्त बहादुर विश्वकर्मालाई पराजित गर्दै चौधरी प्रदेस सभा सदस्यमा निर्वाचित हुनु भएको हो । चौधरीले १३ हजार २ सय ३० मत ल्याउदा विश्वकर्माले १२ हजार १ सय ८३ मत ल्याउनु भएको थियो । त्यस्तै प्रनितिधि सभा क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवार लालबीर चौधरी निर्वाचित हुनु भएको छ । नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई पराजित गर्दै चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको हो । चौधरीले २६ हजार ५ सय २० मत प्राप्त गर्दा पन्थले २६ हजार ३ सय ८४ मत प्राप्त गर्नुभएको थियो । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको उम्मेदवारी खारेज भए पछि नागरिक उन्मुक्ति पार्टीका सल्लाहाकार संयोजक लालबीर चौधरीले स्वतन्त्र तर्फ उम्मेदवारी दिनु भएको र उहालाई नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको थियो । लालबीर रेशम चौधरीका बाबु समेत हुन । त्यस्तै प्रदेस सभा बर्दिया क्षेत्र नं २(क) मा नेपाली काँग्रेसका जन्मजय तिमिल्सेना निर्वाचित हुनु भएको छ । नागरिक उन्मुक्ति पार्टीका प्रदेशी चौधरीलाई पराजित गर्दै तिमिल्सेना प्रदेस सभा सदस्यमा निर्वाचित हुनु भएको हो । तिमिल्सेनाले १७ हजार २ सय ५१ मत ल्याउदा चौधरीले १२ हजार १ सय ८४ मत प्राप्त गर्नु भएको थियो । प्रदेस सभा बर्दिया क्षेत्र नं. २ (ख) मा नागरिक उन्मुक्ति पार्टीका धर्म बहादुर चौधरी निर्वाचित हुनु भएको छ । नेकपा माओवादी केन्द्रका मान बहादुर थारुलाई पराजित गर्दै चौधरी प्रदेस सभा सदस्यमा निर्वाचित हुनु भएको हो । चौधरीले २० हजार १ सय २७ मत ल्याउदा थारुले १० हजार ९ सय ८४ मत प्राप्त गर्नु भएको थियो । बर्दियामा बिगतका निर्वाचनहरुमा आफ्नो दवदबा राखेका नेकपा एमाले र माओवादीलाई रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले ठुलो धक्का पुर्याएको छ । यो पटकको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बर्दियामा शुन्य भएको छ । । प्रतिनिधी सभा तर्फ २ र प्रदेस सभा तर्फ ४ निर्वाचन क्षेत्र रहेको बर्दियामा एमाले र माओवादीका उम्मेदवारहरुले आफ्नो पार्टीको साख जोगाउन सकेन्न ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *