मंसिर ४ मा हुने निर्वाचनलाई शान्तिपुर्ण तरिकाले सम्पन्न गराउनको लागि बासँगढीमा नमूना मतदान गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय बर्दियाले बासँगढी नगरपालिका ५ नम्वर वडा कार्यालयमा आईतवार नमुना मतदान कार्यक्रमको आयोजना गरेको हो । नमुना मतदानले शान्तिपुर्ण तरिकाले निर्वाचन सम्पन्न गराउन र बदर मत कम गर्ने उदेश्यले नमुना मतदान गरिएको जिल्ला निर्वाचन अधिकृत कृष्ण बहादुर कुंवरले जानकारी दिनुभयो ।
नमुना मतदान गर्ने क्रममा सहभागी मतदाताहरुलाई मतपत्रमा स्वास्तिक छाप लगाउन , मतपत्र पट्याउन, चार वटा मतपत्र मध्ये कुनमा पहिले, कुनमा दोश्रो, कुनमा तेश्रो र अन्त्यमा कुन मतपत्रमा कसरी स्वास्तिक छाप लगाउने बारेमा सिकाएको बासँगढी नगरपालिकाका निर्वाचन फोकनपर्सन विमल पौडेलले जानकारी दिनुभयो । नमूना मतदानमा बासँगढी नगरपालिका प्रमुख खड्क बहादुर खड्का, इलाका प्रहरी, राजनितीक दल, बासँगढी नगरपालिकाका कर्मचारी लगाएकोे सहभागिता रहेको निर्वाचन फोकनपर्सन विमल पौडेलले बताउनुभयो ।