खोजि गर्नुहोस..

शाईन रेशुङ्गा बैंकद्धारा बाँसगढी बहुमुखी क्याम्पसमा वृक्षारोपण

रावन विश्वकर्मा, बर्दिया
शाईन रेशुङ्गा डेभलपमेन्ट बैंक बाँसगढी शाखाले बाँसगढी बहुमुखी क्याम्पसमा वृक्षारोपण गरेको छ । बैंकको १४ औँ वार्षिकोत्सवका अवसरमा बाँसगढी शाखा मार्फत शनिवार वृक्षारोपण कार्यक्रम गरी बाँसगढी बहुमुखी क्याम्पस बर्दियामा १ सय वटा विरुवा रोपिएको हो ।

बैंकले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ८५ वटै शाखाहरू मार्फत १४ हजार बृक्षारोपण गर्ने उद्देश्यका साथ बाँसगढी बहुमुखी क्याम्पस बर्दियामा १ सय विरुवा रोपिएको शाईन रेशुङ्गा डेभलपमेन्ट बैंक बाँसगढी शाखा प्रमुख राजेन्द्र वलीले बताउनु भयो । बंैकको बाँसगढी शाखा विस्तार सँगै बैकिङ्ग सेवाका साथ साथै विभिन्न समयमा समाजिक सेवामा समेत योगदान पुर्याउदै आएको शाखा प्रमुख वलीले बताउनु भयो ।

वृक्षारोपण कार्यक्रम अन्तरगत क्याम्पस परिसरमा धुपी, अशोक, अमला, गोलमर, कागती, बेलौती लगायतका बिरुवाहरु रोपिएको बाँसगढी बहुमुखी क्याम्पसका प्रशासन सहायक महेश अधिकारीले जानकारी दिनुभयो । बृक्षारोपण कार्यक्रममा शाईन रेशुङ्गा डेभलपमेन्ट बैंक बाँसगढी शाखा प्रमुख राजेन्द्र वली, बर्दिया बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ईश्वरी प्रसाद रिजाल, बैंकका कर्मचारी, क्याम्पसका प्राध्यापक कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *