खोजि गर्नुहोस..

आम निर्वाचन, बर्दियामा ६२.४० प्रतिशत मत खस्यो

आईतवार सम्पन्न भएको प्रतिनिधी तथा प्रदेस सभा निर्वाचनमा बर्दियामा ६२.४० प्रतिशत मत खसेको छ । गएको स्थानिय तहको निर्वाचनमा ७२ प्रतिशत मत खसेको बर्दियामा प्रतिनिधी तथा प्रदेस सभा निर्वाचनमा कुल मतदाताको ६२.४० प्रतिशत मात्रै मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय बर्दियाका अनुसार कुल ३ लाख १५ हजार २ सय ८४ मतदाताहरु मध्य १ लाख ९६ हजार ७ सय ३८ मतदाताले मतदान गरेका छन् । मतदान गरेका मतदाता मध्य पुरुष भन्दा महिला मतदाताको संख्या धेरै छ । १ लाख ९ हजार २ हजार ७४ महिला र ८७ हजार ४ सय ५८ पुरुषले निर्वाचनमा मतदान गरेका छन । बर्दियामा २ प्रतिनिधि र ४ प्रदेस सभा निर्वाचनका लागि १ सय ५४ मतदान स्थल र तीन सय ७८ मतदान केन्द्रमा मतदान भएको थियो । मतगणना संकलन पछि बर्दिया क्षेत्र नं १ को जिल्ला समन्वय समिति गुलरियाको सभा हल र बर्दिया क्षेत्र नं २ को राजापुर भन्सार कार्यालय राजापुरमा मतगणना हुने प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *