खोजि गर्नुहोस..

बाँसगढीका विद्यालयमा दुर्व्यसन  र बाल विवाह सम्बन्धी सचेतना

बर्दियाको बाँसगढी क्षेत्रका विद्यालयहरुमा सचेतना मुलक कार्यक्रमलाई तिव्र पारिएको छ । बाँसगढीमा रहेका मावि तहका विद्यार्थीहरुलाई लक्षित गरी बाल विवाह न्युनिकरण, बाल हिंसा न्युनिकरण, यौन दुर्व्यवहार र लागु औषध दुर्व्यसनी विरुद्ध अभियान कै रुपमा सचेतना मुलक कार्यक्रमलाई तिव पारिएको छ । बाँसगढी नगरपालिकाको आयोजना, ईलाका प्रहरी कार्यालय बाँसगढीको समन्वयमा प्रहरी साझेदारी कार्यक्रम अन्तरगत असोज ४ गते देखी सचेतना अभियान सञ्चालन गरिएको हो । बढ्दै गएको बाल विवाह, बाल हिंसा, यौन दुर्व्यवहार, लागु औषध दुर्व्यसनी न्युनिकरण गर्ने उदेश्यका साथ अभियान सञ्चालन गरिएको बाँसगढी नगरपालिका महिला तथा बालबालिका शाखाले जनाएको छ । सचेतना मुलक कार्यक्रमको ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रमुख प्रहरी निरिक्षक सन्तोष चन्द र महिला तथा बालबालिका शाखा बाँसगढीका प्रमुख यसोदा थापाले सहजिकरण गरिरहनु भएको छ । सचेतना कार्यक्रममा प्रहरी निरिक्षक सन्तोष चन्दले विद्यार्थीहरुलाई बालविवाह हुनबाट कसरी जोगिने, लागु पदार्थ दुव्र्यसनबाट बच्ने उपाय, बाल हिंसा, यौन दुव्र्यवहारका बारेमा जानकारी गराएको बताउनु भयो । प्रहरी निरिक्षक चन्दले विद्यार्थीहरु यस्ता खालका क्रियाकलापबाट सचेत हुनु पर्ने कुरामा जोड दिदै कानुनी उपचारका बिषयमा समेत विद्यार्थीहरुलाई सचेत गराउने काम भईरहेको बताउनु भयो । त्यस्तै महिला बालबालिका शाखा प्रमुख यशोदा थापाले कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई बालविवाह, बालबालिका माथिको हिंसा, कारण र कानूनी उपचारका विषयमा जानकारी दिनुभएको थियो । अभियान अन्तर्गत जीवन ज्योती मावि राँझा, जनता मावि बनमुडुवा, पृथ्वी मावि लखना, नेरा मावि लक्ष्मणपुर, जनता मावि बठुवा, पुर्णहिरा मावि लक्ष्मणा र रामजानकी मावि भैसासुरमा सचेतना कार्यक्रम गरिएको छ । कार्यक्रम सञ्चालन गर्न बाकी अन्य विद्यालयहरुमा पनि निरन्तर कायक्रम सञ्चालन गरिने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *