असोज ३ गते
बाँसगढी उद्योग वाणिज्य संघले सबै व्यवसायीहरुलाई समेट्दै बस्तुगत समिति गठन गरेको छ । संघमा विभिन्न बस्तुगत समितिहरु दर्ता गर्नु पर्ने माग अनुसार बस्तुगत समितिहरु गठन गरिएको हो । आम भेला र बाँसगढी उद्योग वाणिज्य संघको निर्णय अनुसार बाँसगढी क्षेत्रमा रहेका सबै व्यापारीहरुलाई समेटेर विभिन्न क्षेत्रको ९ वटा बस्तुगत समिति गठन गरिएको बाँसगढी उद्योग वाणिज्य संघ महासचिव युगपति पौडेलले बताउनु भयो ।
पौडेलका अनुसार विपिन पौडेलको संयोजकत्वमा उद्योग तथा मिल व्यवसाय, नर बहादुर वलीको संयोजकत्वमा मदिरा तथा हल्का पेय पदार्थ, तुल्सी पौडेलको संयोजकत्वमा थान तथा रेडिमेट, शुनिल अधिकारीको संयोजकत्वमा किराना तथा खाद्यान्न, शेर बहादुर सुनारको संयोजकत्वमा ग्रिल तथा स्टिल आल्मोनियम, फर्निचर व्यवसायीहरुको समिति गठन गरिएको छ ।
त्यस्तै दिलु पौडेलको संयोजकत्वमा हार्डवयर भाँडा वर्तन, दिल बहादुर आरसीको संयोजकत्वमा मोवाईल तथा ईलोक्ट्रोनिक्स, धनीराम घर्ती मगरको संयोजकत्वमा होटेल तथा खाजा नास्ता र खेमराज भट्टराईको संयोजकत्वमा दुग्ध तथा कृषि पशुपन्छि व्यवसायीहरुलाई समेटेर बस्तुगत समिति गठन गरिएको छ । गठन हुन बाँकी बस्तुगत समिति र यसमा नसमेटिएका व्यवसायीहरु अन्य बस्तुगत समितिमा समेटने गरी यहि असोज मसान्त सम्म गठन गरिने समेत उद्योग वाणिज्य संघले जनाएको छ ।