खोजि गर्नुहोस..

बिहिबार देखी म्यादी प्रहरीको लागि आवेदन खुल्ला

आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु भएको छ । प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई शान्तिपुर्ण ढंगले सम्पन्न गर्न प्रहरीले म्यादी प्रहरीको भर्ना प्रक्रिया बिहीबार देखि सुरु गरेको हो । योग्यता पुगेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाको लागि बिहीबार देखि असोज ६ गतेसम्म आवेदन बुझाउन सकिनेछन् । बिहान १० बजे देखि साँझ ५ बजेसम्म जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीको लागि दरखास्त बुझाउन सकिनेछ । असोज ७ गते सम्पर्क मिति तोकिएको छ । असोज ९ गते देखि १४ गतेसम्म छनौट गर्ने, असोज २५ गते म्यादी प्रहरीमा छनौट भएकाको नाम सार्वजनिक गर्ने, छनौट भएका म्यादी प्रहरीलाई असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिने योजना जिल्ला प्रहरी कार्यालयको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने छन् । पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभवहरूलाई प्राथमिकतामा राखिने जनाइएको छ । म्यादी प्रहरीको कार्य अवधी ४० दिन रहने छ । दैनिक रु ८ सय ६९ का दरले ४० दिनको रु ४३ हजार ७ सय ६० म्यादी प्रहरीले प्राप्त गर्नेछन् । त्यसैगरी प्रतिव्यक्तिले खाद्यन्न बापत रु ७ हजार २ सय र पोशाक तथा अन्य सामान खरिद गर्न रु ६ हजार प्राप्त गर्नेछन् । निर्वाचनको समयमा खटिएको ठाउँमा जान आउन यातायात खर्च बापत प्रति व्यक्तिले रु १ हजार र रु ३ सयका दरले चार दिनको १ हजार २ सय खाजा खर्च निर्धारण गरिएको छ । प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपुर्ण ढंगले सम्पन्न गराउन म्यादी प्रहरीको भर्नाको लागि आवेदन फर्म संकलनको काम बिहीबार देखि सुरु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हिक्मत बहादुर बोहराले बताउनु भयो । ‘नेपाल अधिराज्यभर १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *