खोजि गर्नुहोस..

५८ औँ राष्ट्रिय बाल दिवस बाँसगढीमा पनि मनाईयो

५८ औँ राष्ट्रिय बाल दिवस बाँसगढीमा पनि बिभिन्न कार्यक्रम गरि मनाईएको छ । ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तारदायि सरकार’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवसको अवसरमा बर्दियाको बाँसगढीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । नेपालले बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तराट्रिय प्रतिवद्धता व्यक्त गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । दिवसको अवसरमा बाँसगढीमा अन्तर मावि स्तरिय वक्तृत्वकला प्रतियोगिता तथा निवन्ध लेखन प्रतियोगिता गरिएको छ । बाँसगढी नगरपालिका शिक्षा शाखा बाँसगढीको आयोजना, कमैया महिला जागरण समाज, बाके यूनेस्को क्लव, विगुरुपको संहकार्यमा “बाल अधिकार र कर्तब्य” भन्ने विषयक वक्तृत्वकला प्रतियोगिता र “बधुवा बालश्रम तथा कमैया प्रथा” भन्ने विषयक निबन्ध प्रतियोगिताको आयोजना गरिएको थियो । निबन्ध प्रतियोगितामा छात्र तर्फ नेरा मावि बासँगढीका सन्तोष वली प्रथम हुनुभएको छ । नेरा मावि लक्षमणपुरका आमोस कुंवर द्धितिय, आर्दश मावि मोतिपुरका आरएन थारु तृतिय र त्रिभुवन मावि ककौराका विनोद विक सान्त्वना हुनु भएको छ । त्यस्तै छात्रातर्फ नेरामावि बासँगढीका ओसिका चौधरी प्रथम, पुर्णहिरा मावि लक्ष्मणाका रजिना थापा द्धितिय, बालज्योति एकेडेमीका करुणा रावत तृतिय र नेरामावि लक्ष्मणपुरका किनारा थारु सान्त्वना हुन सफल भएका छन । “बाल अधिकार र कर्तब्य” भन्ने विषयमा वतृत्वत्वकला प्रतियोगितामा २७ जना विद्यार्थीले भाग लिएका थिए । वतृत्वत्वकला प्रतियोगितामा छात्र तर्फ बासँगढी एकेडेमीका उमेश शर्मा प्रथम हुनु भएको छ । त्यस्तै बालज्याती एकेडेमीका आयुष भण्डारी द्धितिय, जनता मावि बठुवाका टिकानन्द कुवंर तृतिय र नेरामावि बासँगढीका राजेन्द्र न्यौपाने सान्त्वना हुनु भएको छ । छात्रा तर्फ नेरामावि लक्ष्णपुरका एन्जल तिवारी प्रथम, बासगढी एकेडेमीका अनुपा थापा द्धितिय, नेरामावि बासँगढीका भावना रिजाल तृतिय र सिओसि गु्रपका सलिना चौधरी सान्त्वाना हुनु भएको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तिृतिय र सान्त्वना हुने प्रतियोगिलाई स्टेशनरी सामान र प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागि सवै विद्यार्थीलाइ कापी र कलम र सहभागी विद्यालयलाई प्रमाण पत्र प्रदान गरिएको नेरा मावि बाँसगढीका शिक्षक फणिन्द्र प्रसाद ढुंगानाले जानकारी दिनुभयो । बासँगढी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख एशोदा थापाको अध्यक्षतामा बासँगढी नगरपालिकाका नगर प्रमुुख खड्क बहादुर खड्का लगायतको सहभागिता रहेको थियो । त्यस्तै बाँसगढी युनाईटेड पब्लिक स्कुल बाँसगढीले पनि बाल दिवसको अवसरमा बाल अधिकार सम्बन्धी वक्तृत्वकला तथा विविध अरिरिक्त क्रियाकलाप गरिएको स्कुलका प्रिन्सिपल केशव टमाटाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *