खोजि गर्नुहोस..

वडाले दिने सेवा सुबिधा गुणस्तरीय मापन संम्बन्धी अन्तक्रिया

भदौ २४ गते

बर्दियाको बढैयाताल ६ मा वडाले दिने सेवा सुबिधा गुणस्तरीय मापन संम्बन्धी अन्तक्रिया गरिएको छ । वडाको सेवा सुबिधालाई गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यले शुक्रबार अन्तरक्रिया कार्यक्रम गरीएको थियो । द.डेब्लपमेन्ट फाउण्डको आर्थिक सहयोग र जनशक्ति बिकास समाजको आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा बढैयाताल ६ का जनप्रतिनिधि, कर्मचारी, नागरीक समाजका अगुवा र स्थानीयहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागिहरुले वडा कार्यालयको सरसफाई, सेवाग्राहीको लागि बस्ने व्यवस्था, शुद्ध पिउने पानी र शौचालयको व्यवस्था अनिवार्य हुनु पर्ने कुरामा जोड दिएका थिए । वडा कार्यालयमा वडा अध्यक्ष कार्यालय सञ्चालन अवधिमा नहुदा सेवा ग्राही समस्यामा पर्ने गरेको समेत सहभागीहरुले गुनासो गरेका थिए ।

सहभागीहरुको सुझावलाई ग्रहण गर्दै वडा अध्यक्ष सुक्रराज सापकोटाले गाँउपालिका र संघ संस्थाहरुको अत्यावश्यक कार्यक्रमहरु बाहेक अन्य समयमा नै बसेर सेवा दिदै आएको बताउनु भयो । उहाँले वडा अध्यक्षको जिम्मेवारी सम्हाले देखी कार्यालय सरसफाई देखी सरल र छिटो छरितो सेवा प्रवाहमा बिशेष ध्यान दिदै आएकोमा समेत जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *