खोजि गर्नुहोस..

युवाहरुलाई नागरीक समाजको वकालत संरक्षण र योजना निर्माण संम्बन्धी अभिमुखीकरण

भदौं १२ गते
बर्दियाको बाँसगढीमा नागरीक समाज संस्थाको वकालत संरक्षण र वकालत योजना निर्माण संम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । प्लान नेपालको आर्थिक सहयोग र बाँके युनेस्को क्लवको आयोजनामा आईतबार अभिमुखीरकण गरीएकोे हो ।

अभिमुखीरकणमा नगर स्तरीय युवा संन्जाल बाँसगढीका २७ जना युवाहरुको सहभागिता थियो । कार्यक्रममा समुह, क्लव तथा संघ संस्थालाई कसरी दिगो बढाउने, के कस्ता योजनालाई प्राथमिकता दिने, समुह तथा क्लवको आर्थिक बृद्धि कसरी गर्ने, कुन ब्राण्डले पहिचान गराउने जस्ता बिषयमा प्रशिक्षक आसिस बर्माले प्रशिक्षण दिनु भएको थियो ।

त्यस्तै समुह तथा क्लवले गरेको काम कसरी देखाउने, कसरी पारदर्शि रुपमा राख्ने लगायत बिषयमा बर्माले प्रकास पार्नु भएको थियो । कार्यक्रममा नगर स्तरीय युवा संन्जाल बाँसगढीका अध्यक्ष एकनरायण अधिकारीले कार्यक्रम अत्यन्तै मत्वपुर्ण र सफदायि भएको बताउनु भयो । उहाँले कार्यक्रम आयोजना गर्ने संस्था र प्रशिक्षक बर्मालाई धन्यवाद समेत दिनु भयो । कार्यक्रमका संन्चालन संस्थाका फिल्ड अफिसर जानकी खड्काले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *