भदौं १४ गते
बलपुर्बक वेपता पारिएकाको सम्झनामा बाँसगढीमा दिप प्रज्वलन गरिएको छ । १२ औँ अन्तराष्ट्रिय वेपता दिवसको अवसरमा बर्दियाको बाँसगढी बजारको मुख्य चोकमा द्धन्द पिडित परिवारहरुद्धारा बेपता पारिएकाहरुको सम्झनामा दिप प्रज्वलन गरिएको हो । बेपत्ता पारिएकाहरुको सम्झनामा राष्टिय अभियान सत्य, न्याय र परिपुरण सहितको कानुनी प्रावधान भन्ने नाराका साथ बासँगढी नगरपालिका नगर प्रमुख खड्क बहादुर खड्का, उपप्रमुख इन्द्रिरा चौधरी लगाएत विभिन्न ब्यक्तित्वहरुको सहभागितामा दिव प्रज्वलन गरिएको थियो । 
बाँसगढी नगरपालिकामा द्धण्दका क्रममा ३९ जना वेपत्ता र ७१ जनाको ज्यान गएको द्धण्द पिडित मनोसामाजिक कर्ता पृथ्वी बहादुर थारुले जानकारी दिनुभयो । दिप प्रज्वलन अघि अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा वेपता पारिएका व्यक्तिहरुको खोजी कार्य गरिदिन स्थानिय सरकारलाई पिडितहरुले माग गरेका छन । अन्तरक्रिया कार्यक्रममा पिडित वेपता परिवारहरुले नगर प्रमुख र उपप्रमुखलाई आफ्ना दुखेसाहरु समेत पोखेका थिए । बेपता पिडित बाँसगढी ४ मदाहका बिफनी थारुले अहिले सम्म आफ्नो आफन्तको अत्तोपत्तो नभएका कारण काजक्रिर्या र मृत्यु दर्ता गराउन समेत नपाएको दुखेसो सुनाउनु भयो ।
थारुले श्रीमानको मृत्यु दर्ता नभएको कारण अहिले सम्म स्थानीय सरकारबाट कुनै पनि सेवा सुबिधा नपाएको बताउनु भयो । बेपत्ता पिडितहरुले आफ्ना समस्या बुझिदिन स्थानिय सरकारलाई अनुरोध समेत गरेका छन । पिडितहरुको गुनासो सम्बोधन गर्दै नगर प्रमुख खडक बहादुर खड्काले बेपत्ता भएका ब्यक्तिहरुलाई खोजी कार्य गर्नको लागि कार्यपालिकाबाट निर्णय गरेर सरकारलाई बुझाउने र त्यसको नेतृत्व समेत आँफु लिन तयार रहेको बताउनु भयो । नगर उप प्रमुख इन्दिरा कुमारी चौधरीले द्धन्द्ध पिडितहरुको जिवन स्तर सुधार गर्ने तर्फ स्थानिय सरकार अग्रसर हुने कुरामा जोड दिनुभएको थियो ।