भदौं १२ गते
बर्दियाको बाँसगढीमा नगर स्तरिय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता भएको छ । १५ औँ पुस्तकालय दिवसको अवसरमा आईतबार त्रिभुवन सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र ककौराको आयोजनामा प्रतियोगिता भएको हो । हाजिरी जवाफ प्रतियोगितामा बालज्योती एकेडेमी स्कुल ककौराले प्रथम स्थान हात पार्न सफल भएको छ ।
त्यस्तै नेरा मावि बाँसगढीले द्धितिय, बाँसगढी एकेडेमिक पब्लीक स्कुलले तृतिय स्थान ल्याउन सफल भएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने सहभागिहरुलाई नगद तिन हजार, दुई हजार र एक हजार सहित प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगितामा बाँसगढी नगर भित्रका ९ वटा विद्यालयका प्रत्येक विद्यालयका २ जना छात्रा र १ जना छात्र गरी २७ जना विद्यार्थी सहभागि भएका थिए । पुस्तकालयका कायबहाक अध्यक्ष शारदा कुमारी लम्सालको अध्यक्षतामा भएको प्रतियोगितामा बाँसगढी नगर उपप्रमुख इन्दिरा चौधरी, ८ नं अध्यक्ष तुल प्रसाद गौतम, ईलाका प्रशासन कार्यालय ककौराका प्रमुख डिल्लीराम आचार्य लगाएत शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।