खोजि गर्नुहोस..

नेकपा एमाले बाँसगढीले निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

नेकपा एमाले बाँसगढीले निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । ७४ औँ पाटी स्थापना दिवस एवम लेलिन जयन्तीको अवसरमा शुक्रबार बाँसगढी नगर कमिटीले स्थानिय तह निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । आगामी बैशाक ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गरी तयार पारिएको प्रतिवद्धता पत्र नेकपा एमाले बर्दिया जिल्ला उपाध्यक्ष तथा बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीले सार्वजनिक गर्नुभयो ।

एमालेको बाँसगढी नगर सरकारले ५ बर्षमा गरेका काम र केही पुरा गर्न नसकेका बाँकी काम पुरा गर्ने प्रतिवद्धता घोषणा पत्रमा राखिएको छ । नगर सरकारले जनताको आर्थिक बृद्धि, स्थानिय न्याय, शिक्षा, स्वास्थ्य, सुचना तथा प्रविधि, कृषि, पर्यटन, पुर्वाधार विकास, सहकारी तथा गरिवी निवारण, उद्योग खानेपानी, महिला बालबालिका तथा जेष्ठ नागरिक, सामाजिक सुरक्षा, युवा स्वरोजगार कार्यक्रम तथा खेलकुद विकासमा महत्वपुर्ण कार्य सम्पन्न गरेको र “सुखी नेपाली समृद्ध नेपाल”को राष्ट्रिय आकांक्षालाई पुरा गर्न थप प्रतिवद्धता सहितको चुनावी घोषणा पत्र सार्वजनिक गरिएको छ ।

घोषणा कार्यक्रममा आगामी स्थानिय तह निर्वाचनको प्रचार प्रसार, तयारी र कार्य विभाजनका बारेमा नेकपा एमाले नगर अध्यक्ष सुन्दर ढकालले जानकारी गराउनु भएको थियो । कार्यक्रममा केन्द्रिय सदस्य खड्क बहादुर खड्का, प्रदेश सचिवालय सदस्य श्याम ढकाल, प्रदेस सदस्य आनन्द ढुंगाना लगायत प्रदेस, जिल्ला, नगर कमिटिका पदाधिकारी, स्थानिय जनप्रतिनिधी, कार्यकर्ता लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *