वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन सफल बनाउनको लागि बाँसगढी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालयको स्थापन भएको छ । बाँसगढी नगरपालिकाको पुरानो भवनम बिहिबार एक कार्यक्रमको विच निर्वाचन अधिकृत उमाकान्त अघिकारी र नगर प्रमुख सालिक राम अधिकारीले कार्यालयको उद्घाटन गर्नु भएको हो । निर्वाचन अधिकृत अधिकारीले निर्वाचन आयोगलाई संविधानले दिएको ऐन, नियम र निर्देशीकामा रहेको अधिकारलाई प्रयोग गरि स्थानिय तहको निर्वाचन स्वच्छ, निस्पक्ष, शान्तिपुर्ण, धाधली र भईरहीत बातावरणम सम्पन्न गराउन आफु प्रतिबद्ध रहेको बताउदै राजनितिक दलहरुलाई पनि सहयोग गर्न आग्रह गर्नु भएको थियो । साथै निर्वाचन आयोग बाट निर्वाचन सम्वन्धि जारी गरिएको आचारसंहिता पालना गर्ने र गराउनको लागि निर्वाचनका कर्मचारी र राजनितिक दलहरुले पुर्णरुपमा पालना गर्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रमम राजनितिक दलका प्रतिनिधिले आफुहरु भईरहीत र शान्तिपुर्ण निर्वाचनको पक्षम रहको बतानु भएको थियो । आज निर्वाचनको कार्यतालिका पनि सार्वजनिक गरिएको छ । सोही कार्यतालिका अनुसार आजै बाट निर्वाचको काम सुरु गरिने निर्वाचन अधिकृत अधिकारीले जनकारी दिनु भएको छ ।
बैशाख ११ र १२ गते १० बजे देखि साझ ५ बजे सम्म मनोनय पत्र दर्ता गर्ने, बैशाख १२ गते साझ ५ बजे देखि ६ बजे सम्म मनोनय पत्र दर्ता भएको उमेद्धारको सुचि प्रकाशन गर्ने, बैशाख १३ गते विहान १० बजे देखि साझ ५ बजे सम्म उमेद्धारको विरोधम उजुरी दिने, बैशा १४ र १५ गते विहान १० बजे देखि साझ ५ बजे सम्म मनोनय पत्रको जाँच र उजुरी उप्पर गर्ने, बैशाख १५ गते साझ ५ बजे देखि ६ बजे सम्म उमेद्धारको नमावली प्रकाशन, बैशाख १६ गते विहान १० बजे देखि साझ ५ बजे सम्म उमेद्धारले आफ्नो नाम फिर्तालीने, बैशाख १६ गते साझ ५ देखि ६ बजे सम्म उमेद्धारको अन्तिम नामावली प्रकाश, बैशाख १७ गते विहान १० बजे देखि साझ ५ बजे सम्म उमेद्धारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र बैशाख ३० गते विहान ७ बजे देखि साझ ५ बजे सम्म मतदान गर्ने निर्वाचनको कार्यतालिकाम उल्लेख गरिएको छ । कार्यक्रमम नगर प्रमुख शालिक राम अधिकारी, उपप्रमुख सुष्मा चौधरी, सम्पुर्ण राजनितक दलका प्रमुख तथा प्रतिनिधि, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर केसी, बाँसगढी उद्योग बाणिज्य सघका अध्यक्ष राम, सिह थारु नगरपालिका कर्मचारी पत्रकार लागएतको सहभागिता रहको थियो ।