खोजि गर्नुहोस..

बाँसगढी नगरपालिका विपद् व्यवस्थापन समीतीबाट २ वटा निर्णय पारित

चैत ७ गते
बाँसगढी नगरपालिका विपद् व्यवस्थापन समीतीको बैठकबाट २ वटा निर्णय पारित भएको छ । घाम र सुख्खा मौसममा हुने आगलागिबाट बच्न र बचाउनका लािग सचेतना मुलक कार्यक्रम तथा प्रचार प्रसार गर्ने र आगलागिबाट हुने धनजनको क्षेती बचाउने निर्णय गरिएको हो ।

त्यसैगरि बडफुलु रोगको हल्ला चलिरहेको बेलामा बासगढी नगरपालिका ९ माछागढका केशर बहादुर केसिको फाममा बडफुलुको संखा लागेको कारण कुखुरा, हाँस र बटैँ गरी २ हजार २ सय ४६ वटा पन्छी नष्ट गरिएकोले क्षतिपुर्तिको लागि जिल्ला विपद् व्यवस्थापन समितीमा सिफारीस गर्ने निर्णय समेत गरिएको छ ।

क्षेतिपुर्ति कति दिने भन्ने निर्णय भने जिल्ला विपद् व्यवस्थापन समितीमा हुने भएको छ । बैठक बाँसगढी नगरपालिकका प्रमुख तथा बासगढी नगरपालिका विपद् व्यवस्थापन समीतीका संयोजक सालिकराम अधिकारीको संयोजकत्वमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *