फागुन १६ गतेदेखि बर्दिया को बासगढि मा जारी बर्दिया महोत्सव–२०७८ बर्दिया बिहिबार ,समापन भएको छ । लुम्बिनि प्रदेश सभा सद्स्य कविराम थारु को प्रमुख आतिथ्यता र आयोजक बासगढि उद्योग वाणिज्य संघका अध्यक्ष रामसिह थारु को अध्यक्षतामा समापन समारोह आयोजना गरिएको थियो ।
समापन समारोहमा बोल्दै लुम्बिनि प्रदेश सभा सद्स्य कविराम थारु ले देशलाई समृद्धिमा लैजान नीजि क्षेत्रसंगको सहकार्यलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
नीजिक्षेत्रको सहकार्य बिना देश समृद्धि हुन नसक्ने उनको दावी थियो ।बाँसगढि वाणिज्य संघका अध्यक्ष रामसिह थारु लगायतले बर्दिया को समृद्धिका लागि सबैक्षेत्र एकहुनुपर्नेमा जोड दिएका थिए महोत्सव प्रचार प्रचार समिति का सम्योजक एकनारयण अधिकारि ले समग्र जिल्लाको विकासको प्रचार प्रसारका लागि आयोजना गरिएको महोत्सव प्रतिकुल समयका बाबजुत सफल भएको बताए ।
महोत्सव २ करोड को कारोबार गर्ने लक्षय राखिएको मा झण्डै १ करोड बराबर को कारबार भएको अनुमान गरिएको बाँसगढि उधोग वाणिज्य सघ का अध्यक्ष रामसिह थारु ले बताउनु भयो ।लामो समय सम्म कोरानाले थलिएको विभम परिस्थिति मा महोत्सव आयोजना गरिएको भए पनि महोत्सव सफल भएको वरिष्ठ उपाध्यक्ष बदृ नाथ बराल ले बताउनु भयो। सिजि फुड्स ईन्टरप्राईजेट प्रालिको मुख्य प्रायोजन र बासगढि उधोग वाणिज्य सघ को मुख्य आयोजना मा भएको महोत्सव सघका अध्यक्ष रामिसिह थारु ले समापन गर्नु भएको ।समापन कार्यक्रम मा मेला सफल बनाउन योग्दान पुर्याउने सघ सस्था तथा व्यक्तित्वहरुलाई मायाको चिनो दिएर सम्मान समेत गरेको बाँसगढि उधोग वाणिज्य सघं का महासचिव युगपति पौडेल ले जानकारि दिनु भयो। बिहिबार समापन कार्यक्रम मा ज्योति मगर , नविन पौडेल को प्रस्तुति ले माहोल लाई गर्मा गर्मि बनायो।