बर्दियाको बाँसगढीमा जारी महोत्सवको मंगलबार बिशेष रौनता देखिएको छ । फागुन १६ गते देखी जारी महोत्सवमा नवौँ दिनमा हजारौ दर्शकहरुको उपस्थितिले मेलाको छुट्टै रौनता देखिएको थियो । मंगलवार झण्डै १० हजार बढी दर्शकहरुले मेलाको अवलोकन गरेको बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिङ थारुले बताउनु भयो ।२४ गते मंगलबार म यस्तो गित गाउछु २ को टिम र गायक प्रमोद खरेललाई हेर्ने दर्शकहरुको घुईचो थियो । म यस्तो गित गाउछु २ कि नायिका पुजा शर्मा, चलचित्र निर्माता तथा नायक सुदर्शन थापा, निर्देशक सोभित बस्नेत लगायतको टिम मञ्चमा देखिए सँगै दर्शकहरुको कोकाहलले माहोल तातियो । दर्शकहरु भिड थाम्न सुरक्षाकर्मी र संयमसेवकहरुलाई हम्मे हम्मे पर्यो ।
त्यस्तै गायक प्रमोद खरेलको प्रस्तुतीले त झनै झुम्न रम्न र नाच्न बाध्य बनायो । प्रमोदले आफ्ना दर्शनौ गितहरु गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिए । उनले बिजुलीको तार, चल बतास चल, मेरो दिल छ पोखरामा, ओई झुमा लगायतका गित गाएका थिए ।
त्यस्तै थारु गायक नरेश जोगीले पनि दर्शकहरुलाई बिशेष मनोरञ्जन दिए