बर्दियाको बाँसगढीमा सञ्चालित वाईवाई पाँचौ बाँसगढी महोत्सवमा आज नायक आर्यन सिग्देल आउदै
महोत्सवमा आईतवार २२ गते नेपाली चलचित्रका नायक आर्यन सिग्देल आउने प्रचार प्रसार उपसमिति संयोजक एकनारायण अधिकारीले जानकारी दिनुभयो । चलचित्र जगतका चक्लेटी हिरो भनेर आफ्नो छुटै पहिचान बनाएका नायक सिग्देल बाँसगढी महोत्सवमा पहिलो पटक आउने भए पछि आईतबार पनि दर्शकहरुको बाक्लो उपस्थिति रहने आयोजले जनाएको छ । आईतबार नायक आर्यन सिग्देल, गायक राज कुश्मी, मोडल सदिक्षा चौधरी लगायत डान्स आईडल सँगै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने प्रसार प्रसार उपसमिति संयोजक एकनारायण अधिकारीले जनाए । “घुम्न जाऔँ बाँसगढी महोत्सव” भन्ने मुल नारा सहित बाँसगढी उद्योग वाणिज्य संघको आयोजनामा यहि फागुन १६ गते देखी सञ्चालनमा आएको महोत्सव फागुन २६ गते सम्म चल्ने छ ।