खोजि गर्नुहोस..

बासगढिको सामुदायिक पुस्तकालयमा चित्रकला प्रतियोगिता सम्पन्न

नेपाल स्काउटको योजना महिनावारि सचेतना भन्ने मुल नाराका साथ बासगढिको सामुदायिक पुस्तकालयमा चित्रकला प्रतियोगिता गरिएको छ । स्काउटिगँका जन्मदाता बेडेन पावेल र ओलेभ बेडेन पाबेलको जन्मदिनको अवसर पारेर आ वि तथा मावि स्तरिय चित्रकला प्रतियोगिता गरिएको हो । स्थानिय स्काउट समिति बासगढि नगरपालिका सयोजक रामप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि स्थानिय स्काउट समितिका सरक्षक तथा बासगढि नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारि रहनुभएको थियो । उक्त प्रतियोगितामा बासगढि नगरपालिका भित्रका बिभिन्न बिद्यालयबाट २९ जना प्रतियोगिले सहभागि जनाएका थिए । चित्रकला प्रतियोगितामा प्रतियोगिहरुलाई २ भागमा बिभाजन गरि पुरस्कार वितरण गरिएको थियो । आ.वि तर्फ ने.रा.मा.वि बासँगढी कि आशिका आचार्य प्रथम हुनुभएको थियो भने अ .श.द.च.आ.वि मटेरियाकि तिला थारु द्धितिय, आदर्श मा.वि मोतिपुरकि पुर्णिमा थारु तृतिय र पुर्णहिरा मा.वि लक्ष्मणाकि सिजा गुरुगँ सान्तावना हुनुभएको थियो । यसैगरि मा.वि तर्फमा पुर्णहिरा मा.वि का सौगात रिजाल प्रथम हुनुभएको थियो भने, श्री लक्ष्मि मावि चेपागँका फुर्वा शेर्पा द्धितिय, ने.रा.मा.वि.बासगढिकि भावना रिजाल तृतिय र ने .रा.मा.वि लक्ष्मणपुरका शुलभ लामिछाने सान्तावना हुनुभएको छ । विजयि भएका प्रतियोगिमध्ये प्रथमलाई १५०० , द्धितियलाई ११२५, तृतियलाई ७५० र सान्तावनालाई ३७५ रुपैया प्रमुख अतिथिको हातबाट टिका लगाई हस्तान्तरण गरिएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्नुहुदै स्थानिय स्काउट समितिका संरक्षक तथा बासगढि नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारिले वि.स.२००९ मा स्थपना भई यस स्काउट समितिले सामजिक क्षेत्रमा विशेष गरि बालबालिका र युवामाथि हुने हिसांत्मक क्रियाक्रलापहरुलाई न्युनिकरण गर्न अहम भुमिका खेलेको बताउनुभयो । र आगामि दिनहरुमा यस समितिले बालबालिका र युवाहरुको हकहितमा रहेर कुनै कार्यक्रम गर्न चाहेमा बासगढि नगरपालिकाको सदैव सहयोग रहने प्रतिबद्धता समेत जनाउनुभएको थियो । सो कार्यक्रममा सामाजिक विकास समितिका सयोजक तथा वडा नं ८ का वडा अध्यक्ष तुलप्रसाद गौतम, विभिन्न विद्यालयका शिक्षक शिक्षिका गरि करिब ५० जनाको सहभागिता रहेको थियो । स्थानिय स्काउट समिति बासगढि नगरपालिकको आयोजना र बासगढि नगरपालिका कार्यलयलको सहकार्यमा सन्चालन गरिएको उक्त कार्यक्रमको समापन स्थानिय स्काउट समितिका संयोजक रामप्रसाद पौडेलले गर्नुभएको थियो । सो कार्यक्रममा स्वागत स्काउट समितिका सदस्य विपना चापागाईले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन खुमा पौडेलले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *