पुस १७
मधुर पौडेल, अनलाईन बाँसगढी
बाँसगढी नगरपालिका वडा नं ५ स्थित रहेको बाँसगढी पिपलबोट बोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २३ करोड ४९ लाख भन्दा बढी आर्थिक कारोबार गरेको बताएको छ । संस्थाको १३ औ बार्षिक साधारण सभामा बोल्दै संस्थाका अध्यक्ष नवराज अधिकारिले सहकारी संस्थाले २३ करोड ४९ लाख ६१ हजार ७ सय ३७ रुपियाँ बराबरको आय ब्यय गरेको बताउनु भयो ।
एक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आफ्नो स्थापनाकाल देखि हालसम्म आइपुग्दा १ करोड ३१ लाख ४२ हजार ७२४ रुपैँया आम्दी गरेको साथै खर्च तर्फ ८७ लाख ३८ हजार २४० रुपियाँ र शुद्द नाफा तर्फ ४४ लाख ४ हजार ४८४ रुपैँया रहेको बताइएको छ ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनु भएका बाँसगढी नगर प्रमुख सालिकराम अधिकारीले पिपलबोट बचत तथा ऋण सहकारी संस्था लि. ले जुन उद्देश्य लियर अघि बढेको सो उद्देश्य पुरा गर्न संस्था सफल भएको बताउदै संस्थाले यस क्षेत्रका कृषकहरुको आर्थिक स्तर उकास्नमा सहयोग गरेको भन्दै खुशि ब्यक्त गर्नु भयो । उहाँले थप भन्नु भयो ” स्थानीयहरु मध्य बाँसगढी नगरपालिकाले सहकारीहरुलाइ भौतिक तर्फ सहयोग नगरेतापनी संस्थाहरुले उत्पादनमा जोड दिई प्रगती तर्फ अग्रसर भएका छन “
कार्यक्रमम बिशिष्ट अतिथीको आसनवाट बौल्दै जिल्ला सहकारी संस्थाका अध्यक्ष नवराज ढुङगानाले सहकारी संस्थाहरुको लक्ष्य, उद्देश्य बारेमा जानकारी दिदै संस्थाको कारोबार , शेरपुँजी, बजार र लगानी अत्यन्त राम्रो रहेको बताउनु भयो ।
संस्थामा असल ब्यबसाय गर्नेहरुलाइ समेत सम्मान गरिएको छ । सम्मान पाउनेमा तारादेवी थरुनी, बाटुली राजी र ओटेराम थारु रहनु भएको छ । त्यस्तै गरि ८४ हजार रुपयाँ बराबरको शेर लगानी लिय बापत बाँसगढी ५ का भोजराज शर्मा, ३० लाख भन्दा बढी बचत गरे बापत भवन कुमार सापकोटा र जङ्गलिया थारुलाइ लाइ समेत सम्मान गरिएको छ । त्यस्तै गरि दैनिक बचत गरे बापत सम्मान पाँउनेहरुमा बिष्णु प्रसाद ढकाल, हरिश्चन्द्र पौडेल रहनु भएको छ ।
पिपलबोट संस्थामा हालसम्म १ हजार ५३ जना शेर सदस्य संख्या रहेको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष बद्री बरालले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमक सन्चालन संस्थाक प्रबन्ध निर्देशक पुर्ण वलीले गर्नु भएको थियो । कार्यक्रमम बिभिन्न संघ संस्थाक प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, सहकारी संस्थाका शेर सदस्य, कर्मचारी, संन्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।